
इलाम, इलाम नगरपालिका ७ फुलगाँछीबाट लागु औषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले इलाम नगरपालिका वडा नं७ फुलगाछी स्थित योग प्रसाद घिमिरेको घरमा भाडा लिएर बस्ने चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका वडा नं। १० वस्ने दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा विक, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथर जिल्ला फिदीम नगरपालिका १० का अनिल लिम्बु रहेका छन् ।
उनीहरुलार्य लागु औषध सेवन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।



प्रहरीले सो स्थानमा खानतलासी गर्दा स्टिलको प्लेट थान १ ,रु पाँचको नोट थान ३, ब्राउन सुगर जस्तो देखि पदार्थ ७५० मिलिग्राम, लागु औषध सेवन गर्न प्रयोग गर्ने ढुङ्ग्रो समेत फेला पारी बरामद गरी मानिस समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी गराए ।