घाइते महिलालाई डोजरको माटोले पुर्‍यो, स्थानीयद्वारा डोजरमा आगजनी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार खोल्सी नजिकै डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। डोजरको ठक्करबाट स्थानीय ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो। सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो। डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो।
घटनास्थलमा रहेका स्थानीयका अनुसार डोजरको ठक्करपछि घाइते भएकी उनलाई उठ्न नभ्याउँदै डोजरले माटो हालेर पुरेको थियो। घटनापछि डोजर चालक फरार छन्।

ठक्करबाट घाइते भएकी महिलालाई डोजर चालकले उद्धार गर्नुको साटो माटोले पुरेको हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अरुण कुशवाहले डोजर चालक र ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय