खडेरीको समयमा ह्याकुलेबाट पानीः१० बर्षलाई ढुक्क

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङःइलामको ब्यपारीक केन्द्र हर्कटेमा ह्याकुल्लेबाट पानी आएपछि खानेपानीको समस्या हटेको छ भने अव दश बर्ष सम्मलाइ ढुक्क भएको छ । अग्लो स्थानमा रहेको कारण कहिबाट पनि पानी ल्याउन नसकिने भएकोले २०५८ सालदेखी देबीथाने खोल्साबाट पानी पम्पिङ्ग गरेर गर्जो र्टादै गरिएकोमा अहिले खानेपानी डिभिजन कार्यलयको सहयोगमा करिव ६९ लाखको लगानीमा रोङ गाउँपालिकाको ह््याकुल्ले खोल्साबाट ८ सय ७० मिटर माथी पानी पम्पिङ्ग गरि १ लाख लिटर पानी अटाउन सक्ने रिजर्व ट्याङ्की बनाएर हर्कटे बजारमा पानी बितरण गर्न थालिएको खानेपानी तथा सरसफाइ समिति हर्कटेका अध्यक्ष नरेश पौडेलले बताए । ह्याकुुललेबाट आएको पानी प्रतिसेकेण्ड ६ लिटर आउने गरेको र अहिले दैनिक ४० हजार लिटर मात्रै माग रहेको कारण बजारको जनघनत्वको आधारमा आगामी १० बर्षसम्म ढुक्क रहने अवस्था रहेको अध्यक्ष पौडेलले बताए ।मुहानमा ५० घन लिटर क्षमताको ट्याङ्की राखि १५ एच पी ३सय ५० हेडको मोटर जडान गरि पानीलाइ लिफ्टीङ्ग गरिएको समितिका सचिव टिका अधिकारीले बताए । अहिले रोङ ३ र सुनपा ६ का गरि १ सय ३९ उपभोक्ताहरु रहेको अधिकारीले जानकारी दिए । यस अधि २० हजार लिटरको क्षमता रहेको खानेपानी योजना संचालित रहेकोमा अहिले दुबै गरेर १ लाख २० हजार लिटर क्षमता रहेको छ ।
अहिलेलाइ पानीको क्षमता र पर्याप्तता रहेपनि मोटार एउटा मात्र रहेकोले कारणवस समस्या आएमा पानी लिफ्टीङ्ग नहुने भएकोले कुनै समयमा समस्या आउन सक्ने संम्भाना धेरै रहेको यस बारेमा समिति र सरोकारवला निकायले यथाशिघ्र पहल गर्नुपर्ने स्थानिय तुलसी शिवाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय