
नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड(माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ । दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज गौतमलाई भेटेका छन् । महासचिव गौतमले ल नेता परिवर्तनको पत्र दर्ता गरेका छैनन् । उनले कानूनी रुपमा सल्लाह गरेर अगाडि बढ्ने बताएको एक सांसदले जानकारी दिए ।अनलाईनखबरबाट


