ईलामको रोङ गाउँपालिका ६ कुवापानीमा साप्ताहिक कृषि हाट शुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङःईलामको रोङ गाउपालिका ६ कुवापानीमा आईतबारबाट साप्ताहिक कृषि हाट शुरु भएको छ । रोङ ६ को कुवापानिमा हरेक साताको आईतबार लाग्नेगरि चुलिढुङ्गा कृषि बजारको शुरुवात भएको हो । हाटको रोङ गाउपालिकाको अध्यक्ष समसेर राईले उद्घाटन गरेका हुन ।बजार स्थापनाको लागि स्थानीय राम बहादुर गाजले राईले निशुल्क जग्गा दान गरेका छन् । बजार उद्घाटन गर्दै अध्यक्ष शमसेर राईले बजारमा स्थानीय बासिहरुलाई खरिद भन्दा बिक्री बढाएर बजारको अधिक लाभ लिन आग्रह गरेका थिए ।
रोङ ६,५ मेचिानगर बाहुण्डागीको नागरिकहरुलाई प्रतक्ष फाईदा हुने बजार सचालनको लागि मन बहादुर ,राईको अध्यक्षतामा ३१ सदस्यीय बजार संचालन तथा ब्यवस्थापन समिति गठन गरिएको रोङ ६ का वडा सदस्य बिक्रम राईले बताए । मन बहादुर राईको अध्यक्षता,रोङ गाउपालिकाको अध्यक्ष समसेर राईको प्रमुख आतिथ्यता,उपाध्यक्ष चन्द्रकला राई, संबिधान सभा सदस्य टिकाराम लाप्चाको बिशेष आतिथ्यता ,कांग्रेस नेता भेगराज आचार्य,वडा न ३ र ६ का वडाध्यक्षहरु मात्रिका बराल,मनिकुमार स्याङबो लगायतको उपस्थिति रहेको थियो । सो बजारमा हिजो फिक्कल,बुधबारे,बाहुण्डागी,धुलाबारी र भारत नक्शालबारी सम्मका ब्यपारीहरु र सर्वसाधरण, क्रेताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । यो सहित रोङ ६ मा दुईबटा साप्ताहिक हाट सचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय