पार्टी फरक भए पनि हाम्रो मन विशाल छःमाधव नेपाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रचण्ड–माधव समूहका नेता माधव नेपालले प्रचण्ड समूहसँग पार्टी अलग भए पनि मन विशाल भएको बताएका छन्। यो समूहको स्थायी कमिटी बैठकपछि नेता नेपालले पत्रकारहरूसँग कुरा गर्दै भने, ुप्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ।अनौपचारिक छलफल भइराख्छ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए। आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गरेर अघि बढ्ने उनले बताए।

यसअघि बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सर्वोच्चले नेकपा नाम ऋषि कट्टेललाई दिएको भन्दै आपत्ति जनाएका थिए। उनले यसबारे मागदाबीसहित फेरि पनि कानुनी उपचार खोज्ने बताए। ुरिट निवेदकभन्दा, मागदाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने फैसला सर्वोच्चले सुनायो। यसप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। हाम्रो गम्भीर असहमति छ,ु उनले भने। तर तत्काललाई साबिकै नेकपा माओवादी र एमाले भएर जाने र निर्वाचन आयोगमा गएर टुंगो लाग्ने श्रेष्ठले बताएका थिए। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय