दार्जिलिङ पुलिसले चुम्यो पशुपतिनगर फुटबलको उपाधि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,इलामको पशुपतिनगरमा सम्पन्न चौथो पशुपतिनगर ओपन फुटबल टुर्नामेन्टको उपाधि पाहुना टोली दार्जिलिङ पुलिसले जितेको छ । आज भएको फाइनल खेलमा खुदुनाबारी एफसी झापालाई २–० गोल अन्तरले पाखा लगाउँदै दार्जिलिङ पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसंगै पुलिसले नगद १ लाख ६० हजार प्राप्त गर्न सफल रहयो । उपविजेता टोलीले नगद ८० हजार प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी र म्यान अफ दि म्याच विजेता टिमका प्रतिक तामाङ घोषित भए । उत्कृष्ट गोलरक्षक दार्जिलिङ पुलिस, ६ गोल गर्दै सर्वाधिक गोलकर्ता खुदुनाबारीका खेलाडी र उदियमान आयोजक टिमका जिदान राई घोषित भए । उनीहरुले जनही ५÷५ हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट टोली दार्जिलिङ युनाइटेड र फेयर प्ले टिम सुनसरीको पाञ्चायन फुटबल क्लब घोषित भयो । विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी डम्बर खड्का लगायतले पुरस्कार वितरण गरे । पशुपतिनगर युवा परिवारको आयोजनामा गत फागुन २४ गतेबाट सुरु भएको प्रतियोगितमा भारतको ७ सहित २२ टोलीको सहभागिता रहेको थियो ।

बलराम रसाइलीको सभापतित्वमा भएको समापन समारोहमा कांग्रेसका नेता एवम युवा समाजसेवी डम्बर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ ९एन्फा० प्रदेश एकका महासचिव एवम झापा जिल्ला अध्यक्ष भगिरथ आले मामा, जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठ, एन्फा प्रदेश सदस्य ज्ञानबहादुर राईको विशेष आतिथ्यता रहेको थियो ।

वडा नं २ का वडाध्यक्ष चन्द्र सुब्बा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बु, शसस्त्र प्रहरी बल पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडा, सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई, ट्रफी दता विकास शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।स्थानियसन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय