रोङमा चार दिने क्षमता बिकाश तालिम सकियो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोविन्द पौडेल,रोङःईलामको रोङ गाउँपालिकामा १२ गतेबाट शुरु भएको चारदिने क्षमता बिकाश तालिम सोमबार समापन भएको छ । नेपाल आदिबासी जनजाति समन्वय परिषद रोङको आयोजना र रोङ गाउपालिकाको सहयोगमा चारदिने प्रस्तावना ,निर्णय र प्रतिबेदन लेखन तालिमको सोमबारबाट समापन हो ।तालिममा रोङ गाउपालिकाको नौ वटा जातिय सस्थाका ६ महिला सहित १८ जनाको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण पर्स्तावना लेखनमा पत्रकार राम योङहाङ निर्णय लेखनमा रोङ गापाका प्रशासन शाखा प्रमुख नेत्र पोखरेल र प्रतिबेदन लेखनमा आदिबासि जनजाति सुर्योदय नगर परिषदका अध्यक्ष सोनाम योल्मुले सहजिकरण गर्नु भएको थियो । तालिमको समापन गर्दै रोङ ३ का वडाध्यक्षलेतालिममा सिकेको कुरा लागु गर्न आग्रह गर्नु भयो ।तालिम उपलब्धि मुलक रहेको सहभागी पुस्पा गुरुङ,ईन्दिरा राई र धिरेन लिम्बुले जनाउनुभएको छ । समापन अबसरमा शान्ति निकेतन मा बि का सहायक प्र अ भुपाल खड्का पाथिभरा संरक्षण समितिका सचिव दिलिप राई रोङसे जुठिका दावा छिरिङ लाप्चा ले बोल्नुभएको थियो । नेपाल आदिबासि जनजाति रोङ समन्वय परिषद का अध्यक्ष रंजित राईको अध्यक्षता रोङ ३ का वडाध्यक्ष मात्रिका बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव बलबहादुर तामाङले गर्नुभएको थियो । कार्यक्रमको समापनमा सहभागिलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो । रोङ गाउपालिकामा लाप्चा ,राई,लिम्वु,भुजेल,मगर,सुनुवार,तामाङ,नेवार र गुरुङ जातिहरुको जातिय सस्थाहरु सस्थागत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय