इलामको माइजोगमाइ गाउँपालिकामा ल्याव सेवा उद्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कुमार थापा,नयाँबजारःमाइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्वस्थ्य चौकीमा ल्याब सेवा उद्घाटन भएको छ । नयाँबजार स्वस्थ्य चौकीका ब्यवस्थापन समितिका सदस्य राम राइको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राइको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीको बिशेष आथित्यता रहेको थियो भने कार्मचारी, स्वस्थ्यकर्मी स्थानीय बासीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको संचालन माइजोगमाइ गाउपालिका स्वस्थ्य शाखा प्रमुख राम शंकर देवले संचालन गर्नुभएको हो ।
माइजोगमाई गाउपालिका बासीले ल्याबको सम्पूर्ण सेवा लिनको लागि गाउपालिका बाहिर जानु पर्ने बाध्यमक अवस्था समेत हटेको छ । ब्लड ग्रुप परिक्षण ,एच आइ भी परिक्षण ,डाइभेटीज परिक्षण , युरिन परिक्षण लगायतका प्ररिक्षणहरुको लागि सहज भएको हो ।
गाउँपालिका टिमले माइजोगमाइ गाउपालिका बासीको स्वस्थ्य सुबिधाको लागि धेरै कामहरु गरिरहेको छ । हाल गाउँपालिकाको सबै वडामा स्वस्थ्य केन्द्र तथा आधारभूत स्वस्थ्य केन्द्रको स्थापना समेत गरी स्वस्थ्य सुबिधा उपलब्ध गराएको छ । माइजोगमार्इ गाउँपालिकामा कोभिड अस्पताल समेत निर्माण गरिसकेको छ भने १५ बेडको सुबिधा सम्पन्न अस्पताल समेत निर्माण कार्य थालिसकेको छ ।
माइजोगमाइ गाउँपालिकाको केन्द्रमा ल्यावको स्थापना हुँदा माइजोगमार्इ गाउँपालिका बासीले मंहङ्गो गाडि भाडा तिरेर गाउँपालिका बाहिर गएर स्वस्थ्य सुबिधा लिनुपर्ने बाध्यता हटेकोमा गाउँपालिका बासीले खुसी ब्यक्त गर्दै गाउपालिका टिमलाइ धन्यवाद समेत ब्यक्त गरेका थिए । गाउपालिकामा ल्याव सुबिधा ल्याउन पाएकोमा आफूलाइ खुसि महसुस भएको पालिका अध्यक्ष जित बहादुर राइले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय