कन्यामको एक घरमा शनिबार दिउँसै लाखौंको धनमाल चोरी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोपाल गिरी,कन्यामःइलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ स्थित कन्याममा शनिबार दिउसो लाखौंको धनमाल चोरी भएको छ। स्थानीय गंगा महतको घरमा दिउँसो उक्त घटना भएको हो । बाक्लो घर रहेको तथा मानिस आवाज जावात गरिरहने बाटोको छेउमा नै चोरी भएको छ । घरमा चोरी भएको घटना बेलुका सबै कामबाट घर फर्किए पछि मात्रै परिवारले थाहा पाएका थिए । चोरी भएको थाहा पाए लगत्तै स्थानीय प्रहरी चौकी हर्कटेमा पिडितले खबर गरे । प्रहरी चौकी हर्कटेका प्रहरी हवल्दार दीर्घ कार्कीले दिनु भएको जानकारी अनुसार, २ लाख नगद, डेड तोला सुन र ७ तोला पाउजु हराएको पिडितको दावी रहेको छ । चोरी भएको स्थान बाट फिंगर प्रिन्ट संकलन गरि पशुपतिनगर पठाईएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको हवलदार कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय