मकैवालिमा फौजि किराको प्रकोप

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङःजंगली जनावरले हैरान बनाएको किसानलाई फौजि किराको प्रकोप पनि थपिएको छ । रोङ छ रम्भ्याङका किसानले लगाएको मकै वालिमा यो बर्ष फौजि किराको आक्रमण शुरु भएको छ । बिगतका बर्षमा नदेखिएको यसैपालि मात्रै देखिएको हो । मकैबालिको गुवामा बसेर गुवाखाने र मकै नफल्ने गरि बोट कक्रन थालेपछि मात्रै किरा पहिचान भएको रोङ छ रम्भ्याङका किसान रमेस राईले बताए । राईको करिव चार रोपनि सहित आसपासका धेरै किसानको मकै बालिमा यो समस्या रहेको छ । टाउकोमा अँग्रेजी वाई आकार,बिचमा तिन धर्का र पछाडि चारवटा बर्गकार थोप्ला रहने किरा फौजिकिरा हुनसक्ने र यसको लागि वडा कार्यलयमा नै बिषादि रहेकोले आफुले जतिसक्दो चाँडो पहिचान गरि निशुल्क बिषादि उपलब्ध गराउने रोङ ६ का कृषि प्राविधिक मोहन अधिकारीले बताए । गत बर्ष रोङ ५ का किसाहरु फौजि किराको प्रकोपमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय