
विनु खड्का,नयाँबजारःइलामको माईजोगमाई गाउँपालिका १ प्रेमेजुङमा बिद्युत सर्ट भई आगोलाग्दा एक घर जलेर नस्ट भएको छ । बुधबार बिहान ११ः३० बजेको समयमा घरमा जोडिएको बिधुत लाईन सर्ट हुँदा बिमल राईको घरमा आगो लागेको थियो । घर पुर्ण रुपमा जलेको छ । घरमा भएको सुन, चाँदी लत्ताकपडा, खाद्यान्नको सामान, महत्वपुर्ण कागजपत्र र नगद रु ५६००० गरि जम्मा १० लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । घरमा भएका सबै सामान जलेर नस्ट भए पनी मानबिय क्षती भने हुन नपाएको स्थानियले बताएका छन् । स्थानियको पहलमा आगो नियन्त्रणमा आएको छ । दिउँसोको समयमा आगलागी भएको कारण स्थानियले आगो नियन्त्रणमा लिन सफल भएको र सिँगो गाउँ जोखिमबाट जोगिएको हो। घटनाको नयाँबजार प्रहरी चौकीबाट खटिएको नेपाल प्रहरीको टोलीले स्थलगत अध्ययन गरि मुजुल्का तयार पारेको छ । पिडित विमलका मन्जु र सन्जिता नाम गरेका २ छारी र छोरा सुरज रहेका छन् । भान्साघर क्षति हुनबाट जोगिएकाले तत्कालका लागि यहिँ बस्ने विमलले बताएका छन् ।


