मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा इलामको सूर्योदयमा एक युवकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा इलामका एक युवकको मृत्यु भएको छ । सुर्योदय नगरपालिका वडा नं ५ का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो ।

शुक्रबार बेलुका ५ बजे भन्ज्याङबाट गोरक तर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागि फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय