भाइचुङलाई युवा संघ नेपाल इलाम इन्चार्जको जिम्मेवारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,नेपाल कम्युनिष्ट पार्टी ,एमाले ९नेपाल–खनाल० निकट युवा संघ नेपाल इलामको इन्चार्जमा पेमा उगेन लामा ९भाइचुङ० लाई जिम्मेवारी तोकिएको छ । संघको माथिल्लो तह देखि स्थानीय तह सम्मको जिम्मेवारी तोकिएसंगै युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । इन्चार्ज तोकिएका लामा सूर्योदय नगरपालिका वडा न‌‌ १० का निर्वाचित वडाध्यक्ष समेत हुन् ।

संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकबाट प्रदेश,जिल्ला तथा स्थायी कमिटी सदस्यहरु तोकिएको जनाइएको छ । यसैगरी प्रदेश १ इन्चार्जमा मुना शर्मा,सह–इन्चार्जमा गौरिमान परियार छन् । अध्यक्षमा प्रत्युस राना र सचिव सन्दिप राईलाई जिम्मेवारी दिइएको छ । इलाम सह–इन्चार्जमा हुकुम थामीलाई तोकिएको छ ।

इलामबाट स्थायी कमिटीमा पेमा उगेनसंगै कुनाल राईलाई मनोनित गरिएको छ । सचिवालय सदस्यमा महेश तिवारी, हुकुम थामी र विकास रेग्मीले जिम्मेवारी पाएका छन् । बैठकले युवाको वर्तमान अवस्था, चुनौती र अबका मुद्धाहरु र समाधानको उपायको लागि विस्तृत अध्ययन गरी एक महिना भित्र प्रतिवेदन कार्यालय कमिटीमा बुझाउन उपमहासचिव निर्भिक खनालको संयोजकत्वमा कपिल ढकाल, विकास ज्ञवाली, लक्ष्मण घिमिरे र प्रेमा लामा सदस्य रहेको कार्यदल गठन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय