दुर्गाप्रसादकी ८५ बर्षिय आमा धनमायाले पाइन अपाङ्गता परिचयपत्र

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

माई,दाहिने हात कुहिना भन्दा मुनिको भाग नभएकी इलामको माई नगरपालिका–१० की ८५ बर्षिय धनमाया तिम्सिनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेकी छन् । ४० बर्ष जेल जिवन बिताए नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायालाई पहेलो परिचयपत्र प्रदान गरिएको हो । नगर उपप्रमुख विष्णुमाया रिमालले धनमायाका नाति गोपाललाई परिचयपत्र हस्तान्तरण गरिन् ।

अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्ने कार्यक्रम अनुसार वडा नम्बर १० मा १० जनामा गरिएको परिक्षणमा ३ जनामात्र परिचयपत्र लिन योग्य भएको माई अस्पतालका डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए। उपप्रमुख रिमाल र वडाध्यक्ष मनबहादुर बस्नेतले रोमा राईलाई पहेलो कार्ड वितरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

माई–९ मा ९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८ जनालाई परिचयपत्र दिइएको छ । जसमा निलो ४ वटा, पहेलो १ र सेतो ३ वटा वितरण गरिएको छ । परिचयपत्र वितरण शिबिर भोलि बैशाख९१५ गते माई ६, ७, र ८ को लक्ष्मीबाँधमा संचालन गरिने महिला विकास निरीक्षक जमुना पौडेलले जानकारी दिइन् ।

माई नगरपालिकाको अपाङ्गता भएका ब्याक्तिको परिचयपत्र बितरण सम्वन्धि कार्यविधि–२०७५ मा व्यवस्था भए बमोजिम १० प्रकारका अपाङ्गता भएका ब्याक्तिलाई गाम्भिरयताका आधारमा ४ रङको परिचयपत्र प्रदान गरिने उल्लेख गरिएको छ । पुर्ण अशक्त अपाङ्गता भएका ब्याक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएका ब्याक्तिलाई निलो, मध्यम अपाङ्गता भएका ब्याक्तिलाई पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिको लागि सेतो कार्ड प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । स्थानियसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय