
गोबिन्द पौडेल,रोङःमानिसमा सम्पतिको मोह बढेको बिवरणहरु छताछुल्ल भईरहँदा रोङ ६ का एक बृद्धले भने लाखौ खर्चेर आकर्षक मन्दिर निर्माण गरेका छन् ।
सुर्योदय नगरपालिका वडा न ६ को फाजिगाउँमा जन्मेर हुर्किएका धार्मिक ब्याक्तित्व होमराज तामाङले रोङ ६ को रम्भ्याङमा करिव ७ लाखको लगानिमा आकर्षक पाँचवटा मन्दिरहरुको संरचना निर्माणगरि दिब्य कमल शिबधामको निर्माण गरेका हुन । शुरुमा बौध धर्मअनुसार दुईपटक गुफासमेत बसिसकेका लामा गुरु होमराजले अहिले भने हिन्दु र बौध दुबै धर्मलाई समानरुपले हेर्दै निर्मित संरचनामा क्रमशः गणेश, सरस्वती मन्दिर ,हवनकुण्ड,शिवालय,माता मन्दिर र एक बौध चैत्य गरि पाँचवटा सरचना निर्माण गरि धार्मिक सदभावको बिकासको पनि सन्देश दिएका छन् ।
पहिला लामागुरु रहेका तामाङ आफैमा बहुधार्मिक ब्यक्तित्व पनि हुन ।वि सं २०४२ सालतिर ब्रम्हकुमारी राजयोग,रेयुकाईमा हाजसायु हुँदै जसमनि साधुका संगति बनेका उनि ज्योतिष बिध्याका पनि ज्ञाता रहेका छन् ।
ईलामको कन्याम हुर्हुरेमा निजि लगानिमा शिवमन्दिर र पाथिभरा नजिकैको बनमा करिव सात बर्ष तपश्या गरि बसेर कुटिडाँडामा शिबमन्दिर समेत निर्माण गरेको उनि बताउँछन् ।
पाथिभरा मन्दिर सरक्षण समितिले पुजारीमा नियुक्त गरेपछि सोहि मन्दिरमा १२ बर्षसम्म पुजारी भई कामगरेको र गत बर्षदेखि स्वास्थमा आएको समस्याका कारण पुजारीको काम छाडेर आँफैले निर्माण गरेको मन्दिरमा पुजा आराधाना गरेर बस्ने गरेका छन् ।
समय समयमा धार्मिक बिद्वानहरु ल्याएर प्रवचन गराउने ,भजन किर्तन र जयमनि साधुहरुको सत्संग गराउँदै धार्मिक हिसावले समाजमा रहेको बिकृति र बिसंगति हट्न सक्ने आशाबादि बनेका तामाङले समाजबाट भने केहि सहयोग नपाएको गुनासो गरेका छन् ।
आफु बृद्ध भईसकेकोले आफुले निजि लगानिको निर्माण गरेको संरचनाहरुलाई सामुदायिक धार्मिक स्थल बनाउन हस्तान्तरण गर्ने सोच रहेकोले स्थानिय तहको स्वामित्वमा हस्तान्तरण गरि गाउँपालिका भित्रको धार्मिक स्थल बनाउने उनको भनाई रहेको छ ।
तर उनको सोच स्थानिय निकाय र तहसम्म पुगि नसकेका कारण अव के हुन्छ त्यो भने हेर्न बाँकि नै रहेका आदिबासि जनजाति गाउँ समन्वय परिषद रोङका अध्यक्ष समेत रहेका स्थानिय युवा रन्जित साङपाङले बताएका छन् ।


