नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण आजः यस्तो छ ओलीको जीवनी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३१,
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन्। उनको आज दिउँसो साढे २ बजे शपथ ग्रहण हुने हुने शीतलनिवासले जनाएको छ। यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। ओली नेकपा ९एमाले०का वर्तमान अध्यक्ष हुन्।

ओलीको जीवनी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पूरा नाम खड्गप्रसाद शर्मा ओली हो। उनको जन्म पिता मोहनप्रसाद ओली र आमा स्व। मधु ओलीको कोखबाट वि।सं। २००८ साल फागुन ११ तेह्रथुम जिल्लाको इवा २ मा भएको हो।

ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। त्यसपछि आदर्श माध्यमिक झापाबाट २०२८ साल एसएलसी उत्तिर्ण गरे। हाल ओली अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।

वाकपटुतामा माहिर र नेपाली राजनीतिका चतुर खेलाडीको रुपमा चिनिने ओली १४ वर्ष लामो जेल जिवन भोगेका नेता हुन्। झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सुरु गरेका उनले तीन दशक भन्दा लामो जिवन राजनीतिमा बिताएका छन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका थिए। संविधानसभा मार्फत नयाँ संविधान निर्माणमा ओलीले निर्णायक भूमिका निर्वाह गरेका थिए। हाल उनी संघिय संसदको पहिलो ठुलो दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता हुन्। २०७२ सालमा तत्कालिन नेकपा माओवादी केन्द्रसहितको एकता भएपछि उनले झण्डै दुइ तिहाइ नजिकको सरकारको नेतृत्व गरे। तर नेकपा विघटन भएर पुरानै रुपमा फर्केपछि संसदमा उनी एमालेको संसदीय दलको नेताको रुपमा सरकारको नेतृत्व गरिरहेका थिए।

पहिलो पटक प्रधानमन्त्री हुँदा ओली नेपालको ३८ औँ प्रधानमन्त्री थिए भने दोस्रोपटक २०७२ सालमा ४१ औ प्रधानमन्त्रीको रुपमा चुनिए। उ नि २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए भने २०६४ देखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। वामपन्थी प्रधानमन्त्री हुने ओली छैटौं नेता हुन्।

उनको संसदीय राजनितिक यात्रा विसं २०४८ मा झापा क्षेत्र नं ६ र २०५९ मा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। ओली वाकपुटामा माहिर, निडर र खरो मानिन्छन्। उनले आफूलाई लोकतन्त्र, शान्ति, र राष्ट्रिय एकतामा अडान राख्ने नेता भनेर चिनाउँछन्। भाषण गर्दा उनी उखान–टुक्का प्रयोग गर्न माहिर छन्।

विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओली २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए। २०२८ सालको झापा आन्दोलनका एक पात्र हुन्।

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा ओली २०२८ देखि २०४४ सम्म जेल परे। उनले कुल १४ वर्ष जेल जीवन बिताएका छन्। उनले झापा जिल्ला क्षेत्र नं ६ बाट क्रमश २०४८, २०५१ र २०५६ का प्रतिनिधि सभामा निर्वाचित भएका छन्। पहिलो संविधान सभा २०६४ निर्वाचनमा भने झापा क्षेत्र नं ७ बाट पराजित भएका थिए। तर दोश्रो संविधानसभा निर्वाचन २०७० मा भने उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन्।

ओलीले २०२३ मा मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका हुन्। २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गरे।

२०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका ओली २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन गरे। २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए।

२०२७ फागुन १६ गते आइतबार उनी झापाबाट गिरफ्तारीमा परे। २०२७ र २०३० का बिचमा पटक पटक गरी १० पटक भन्दा बढी गिरफ्तारीमा परेका उनको जेल जीवन २०३० असोज २३ गतेबाट शुरु भएको थियो। ओली २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा भएका थिए।

जेलमुक्त भएपछि २०४४ पुस २ गतेबाट नेकपा एमालेको बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाएका थिए। पछि २०५८ मा माघ १९ को तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कु सँगै उनि नजरबन्दमा परेका थिए। from thahakhabar.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय