
इलाम,“पानी कुलाको”बोलको भिडियो सार्वजनिक भएको छ । गायक तथा सर्जक सुरज लामिछाने र पार्वति सुवेदीको आवाजमा रहेको गितको भिडियो सार्वजनिक भएको हो । गितमा बिबेक धिताल र सुरज लामीछानेले शब्द संकलन गर्नु भएको हो ।
भिडियोमा मोडल बिमल अधिकारी, गरिमा शर्मा, तिलक बहादुर श्रेष्ठ, सन्तोष मगरात लगायतले अभिनय गर्नुभएको छ । गितमा प्रयोग भएका शब्द, लय र संगीत निकै दमदार भएको राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष रमेश दुलालको भनाई छ ।
उत्कृष्ट शब्द र आवाज संगै सार्वजनिक भएको गितलाई दर्शक श्रोताले रुचाउने आंकलन गरिएको छ। मिहनेतका साथ निर्माण गरिएको भिडियोलाइ सुरज लामिछाने अफिसियल युटव च्यानलवाट देशभर सार्वजनिक भएको छ।


