
इलाम,इलाम अस्पताललाई एक लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध हुने भएको छ । इलाम–झापा समाजले उक्त सामाग्री उपलब्ध गराउने घोषणा गरेको हो । नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण इलाममा बढ्दै जान थालेपछि सामजिक सञ्जालमा आक्रोश बढ्दै गएको थियो ।
इलामबासीको पिडालाई मल्हम लगाउन समाजका अग्रज विनोद बस्नेत,श्याम खड्गी र गजेन्द्र पौडेलको पहलमा अस्पताललाई एक लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री जेठ ५ गते उपलब्ध गराउने सामाजिक अभियन्ता निरोज खड्गीले जानकारी दिए । एकका लागि एक अभियानबाट थप एक लाखको समेत सामाग्री उपलब्ध हुने बताईएको छ ।


