राष्ट्रपतिमाथि भइरहेको प्रहारप्रति प्रधानमन्त्री असन्तुष्ट

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ९,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि भइरहेको प्रहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर पनि गरे ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरूसँगको कार्यक्रममा उनले धारा ७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गरे । राष्ट्रपतिको अधिकारविरुद्ध प्रश्‍न गर्न नपाइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ ९५० को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी नेपाली कांग्रेस अहिले प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको आरोप पनि लगाए ।

प्रधानमन्त्री ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको लागेको बताउँदै सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।खबरहबबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय