मेरो इलाम अस्पताल किन आफैं विरामी भइरहन्छ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मौनता बराल,इलामःकोरोनाको दोस्रो लहर आएको छ । संक्रमण बढेसँगै संक्रमितको संख्‍या र मृत्यू हुनेको संख्या पनि धेरै छ, अघिल्लो वर्षभन्दा । सामान्य उपचारको अभावमा मानिसको मृत्यू भएको समाचारले मन चसक्क हुन्छ । अस्पतालमा अक्सिजन नपाएर तड्पिएका विरामी र उनीहरुको आफन्तको वेदनाले सबैको आँखा रसाउँछ । यस्तो महामारीको बेला जिल्लाको एक मात्र र पूरानो अस्पताल आफैं विरामी छ । स्यहार चाकरनै नपुगे जस्तो आफै विरामी छ अस्पताल ।

यो संकटको बेलामा इलाम अस्पतालनै इलामेहरुको आशाको केन्द्र हो । कतिपय विरामीले उपचार गर्न झापा लैजादै गर्दा बाटोमै ज्यान गुमाएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुले झापासम्म पुगेर मोटो रकम खर्चिएर उपचार गर्ने कल्पना पनि गर्न सक्दैनन् । यसैले इलाम अस्पतालले नै इलामेको प्राण बचाई दिओस् भन्ने म जस्तै सबैको चाहना हुनु अस्वभाविक होइन । इलाम अस्पताल आफै विरामी भएर उपचार गर्न सक्दैन रे १ भनेको सुन्दा मात्र उपचारका लागि अन्यत्र जान नसक्ने गरीब मनका नौनारी गलेर आउँछ । प्रधानमन्त्रीदेखि सभामुखसम्म जन्माइसकेको मेरो इलामले किन इलाम अस्पताललाई भरोसायोग्य बनाउन नसकेको होला मेरो कलिलो मस्तिष्कमा दोहोरिएर प्रश्नहरु ठोक्किरहन्छन् । अस्पतालको सुधारका लागि पटक्कै नलागेकै त होइन होला १ तर किन भरोसायोग्य बन्न बनाउन नसकिएको होला रु कि हाम्रा नेताहरुले देश बनाउँदा बनाउँदै मतदाताको स्वास अड्याउने अस्पताल बनाउन नभ्याएका हुन् कि रु के भएर मेरो अस्पताल तन्दरुस्त छैन ।

सिङ्गो शरिर स्वस्थ हुनका लागि शरिरका सबै अंगहरु हुनु र स्वस्थ हुनु जरुरी छ । त्यसरीनै अरुलाई स्वस्थ बनाउने अस्पतालका सबै अवयवहरु दुरुस्त हुनु पर्दछ । तर मेरो इलाम अस्पतालमा जे जे हुनुपर्ने हो, ति सबै चिज छैनन् । त्यसैले त अस्पताल आफैं विसन्चो छ ।
इलामकै पूरानो अस्पताल १६ चिकित्सकको दरबन्दि रहे पनि स्थायी डाक्टर दुई जना मात्र छन् । ५९ स्वास्थ कर्मिको दरबन्दि रहेको अस्पतालमा २७ दरबन्दिमा मात्र पदपुर्ति भएका छन् । ति मध्ये २ मेडिकल अधिकृत ३ कन्सल्ट्यान्ट र ४ डेन्टल सर्जन अस्पतालमा कार्यरत रहेका छन् ।

जिल्ला अस्पताललाई २५ बाट ५० शय्यामा स्तर वृद्धि गरी भौतिक पूर्वाधार पुर्याइए पनि बिगत लामो समययता उपकरण र जनशक्तिको अभाव छ । महामारीको रूपमा कोरोना फैलिए पछि अस्पतालमा भेन्टिलेटर त जडान गरिएको छ तर जनशक्ति अभावका कारण यो पनि राम्ररी चल्न सकेको छैन । जनशक्तिको अभावमा अस्पतालले अपेक्षा गरिए अनुसार सेवा दिन नसक्दा अर्को जिल्ला जान बाध्य हुनु परेको छ । पछिल्लो समयमा स्थानीय र कर्मचारीले अस्पतालको सुधार गर्ने प्रयास गरिरहेको पनि बुझिन्छ । तर विशेषज्ञ डाक्टर इलाममा आउँदैनन् र आइहाले पनि अडिन सक्दैनन् । जिल्लामा बिरामीहरूको सङ्ख्या कम भएर पो हो कि रु अथवा नजिकको तीर्थ हेला भनेझै इलाम अस्पतालमा नगएर पो हो कि रु यहिबाट चुनाव जितेर सरकारको माथिल्लो निकायसम्म पुग्नुभएका नेताहरूको बेवास्ता बेवास्ताले पो हो कि रु निजी अस्पतालहरु नभएकाले अतिरिक्त आम्दानी नहुँने भएर हो या किन किन इलाम डाक्टरहरुको रोजाई बन्न सकेन रु महामारीले सिर्जना गरेको यो बिजोक अवस्थामा म जस्तै हजारौं इलामेहरुको मनमा सायद यस्तै अनुत्तरित प्रश्न खेलिरहँदो होला? मौनता बरालको प्रस्तुत लेखलाई इलाम आवाज डटकमले प्रकाशन गरेको छ । साही सामाग्री साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय