
फिक्कल,कोरोना भाईरसको संक्रमण दर बडिरहेको भन्दै इलामको सूर्योदय नगर उद्योग वाणिज्य संघले नगरपालिका समक्ष खोपको माग गरेको छ । संघका अध्यक्ष प्रमोद राई र महासचिव राजन प्रधानद्दारा हस्ताक्षरित निवेदन सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईलाई बु्झाँउदै ब्यवसाय संचालन गररिहेका उद्योगि, ब्यापारी,ब्यवसाहीहरुलाई तत्काल खोपको प्रबन्ध गरदिनि आग्रह गरएिको छ । उनिहरु अग्रपंक्तिमा रहेर काम गर्नुपरेकाले संक्रमण फैलिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन भनिएको छ । यता सूर्योदय नगरपालिकाका कोभिट फोकल पर्सन विपुल अधिकारीले भने स्वास्थ्य मन्त्रालयले जुन परिपत्र गर्छ सोही अनुसार प्राथमिकताका आधारमा खोप लगाईने जानकारी दिनुभयो ।


