
फिक्कलःफिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थााको कार्यालय केही समय बन्द हुने भएको छ । कार्यालय आसपासका क्षेत्रमा कोरोना संक्रमण दर तिव्र फैलिएपछि कार्यालयमा दैनिक उपस्थित भई भौतिक सहभागिता हुँदा संक्रमण फैलिन सक्ने भन्दै श्रावण ७ गतेबाट १५ गतेसम्म पुर्ण रुपमा बन्द रहने जनाईएको छ । संस्थाको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यालय बन्द भएपनि दैनिक मिटर रिडिङ्ग र खानेपानी संचालन संग सम्बन्धित प्राविधिक कामहरु नियमित हुने संस्थाका अध्यक्ष दुर्गा कुमार बरालले बताउनुभयो । असार महिनामा रिडिङ्ग भएको मासिक शुल्कमा जरिवाना तथा हर्जना छुट गर्ने निर्णय बैठकले गरेको छ । कार्यालय बन्द रहेको अवस्थामा अनलाईन माध्यम, मोबायल बैङ्किङ र ईसेवा मार्फत शुल्क बझाउन संस्थाले ग्राहकवर्गलाई अनुरोध गरेको छ ।


