इलामको रक्तकाली टि स्टेटमा आगलागी,३ करोड बराबर क्षती

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम, इलामको सूर्योदय नगरपालिका ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागी भएको छ । अन्दाजी राती १२ बजेबाट आगालागी भएको हो । विद्युत चुहावटबाट आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया, प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पुर्वाधार गरी करिब ३ करोड बराबर क्षती भएको शसस्त्र प्रहरी निरिक्षक नविन खतिवडाले जानकारी दिए ।
आगलागी भएको करिब ४५ मिनेटपछि शसस्त्र प्रहरी बल विओपी पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडाको नेतृत्वमा शसस्त्र प्रहरी, प्रहरी चौकी फिक्कल, शसस्त्र बेस क्याम्प आइतबारेका शसस्त्र प्रहरी घटनास्थलमा पुगेका थिए । सुरक्षा निकाय, स्थानीय बासिन्दा र नगर प्रहरीले सूर्योदय नगरपालिकाको दमककलको सहयोगमा करिब साढे ५ घण्टापछि आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीबाट मानविय क्षति नभएको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय