नेता खनाल भोलि स्वदेश फर्कने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बरिष्ठ नेता झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् । नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी स्वदेश फर्कन लागेको जनाइएको छ । नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय