
नेकपा ९एकीकृत समाजवादी० पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गरेका छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उनले उल्लेख गरेका छन्। सामाजिक संजाल फेसबुकमा नेता नेपालले आफू केपी ओलीसँग पनि नजाने लेखेका छन्।



‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ, तपाईँ पनि झेली कुरा गर्न सिक्नुभएछ’, नेपालले लेखेका छन्, बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ तर आखिरमा तपाईँबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो, विदा ।’
नेता नेपाल अस्वस्थ हुँदा पनि नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए। थाहाखबरबाट