विभाजन पछि इलाम क्षेत्र नं २ मा एमाले अझ बलियोःखनालको निर्वाचन क्षेत्रमा भने प्रत्यक्ष असर

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःनेकपा एमालेको विभाजनको असर इलामको क्षेत्र नं २ मा सामान्य देखिएपनि पाट्रि अझ बलियो भएको नेताहरुले बताएका छन् ।  नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रमा विभाजनले सामान्य छिटा मात्र पार्यो । उनको निर्वाचन क्षेत्रमा तीन जना जनप्रतिनिधि त्यसमा पनि एक जना जिल्ला समन्वय समितिका सदस्य र दुई वडा सदस्यहरुले मात्रै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी रोजेका छन् । बरु झलनाथ खनाल निकट मानिएका पार्टीका जिल्ला तथा प्रदेश कमिटीमा रहेका नेतृत्वले उनको साथ छोडेपछि इलामको क्षेत्र नं। २ मा एमाले अझ बलियो भएको एमाले नेताहरुले दाबी गरेका हुन् ।

जिल्ला समन्वय समितिका सदस्य पूर्ण बहादुर बस्नेत नेकपा एसको पक्षमा खुलेका छन् । उनी माङसेबुङ्ग गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यमा निर्वाचित भएका थिए भने पछि जिसस सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै इलाम नगरपालिका–१ का वडा सदस्य टेकबहादुर कटुवालले नेकपा एस रोजेका हुन् । त्यस्तै देउमाई नगरपालिका–९ का वडा सदस्य हेमराज लिम्बुले पनि नेकपा एस रोजेका छन् । दुई वडासदस्य र एक जिसस सदस्यले एमाले छोड्दा यस बीचमा नेपाली कांग्रेसबाट विजयी भएका माङसेबुङका वडाध्यक्षनै एमालेमा प्रवेश गरेको र अन्य पार्टीबाट पनि एमाले प्रवेश गरेकाले इलामको क्षेत्र नं। २ मा पार्टी विभाजनको असर नदेखिएको बताइएको छ ।

यता पुर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम निर्वाचन क्षेत्र नं १ मा भने जनप्रतिनिधिहरूले धमाधम नेकपा एकीकृत समाजवादी रोजेका छन् । सूर्योदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई सहित ५८ जना जिसस र स्थानीय तहका जनप्रतिनिधिहरूले नेकपा एसमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका जनप्रतिनिधि रहेका छन् । सूर्योदयमा उपप्रमुख र एक वडा अध्यक्ष बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् । १४ वटा वडा रहेको सूर्योदयमा तत्कालिन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो । जसमध्ये ९ वडाअध्यक्षले एकीकृत समाजवादी रोजेका हुन् ।

त्यस्तै ४ जना कार्यपालिका सदस्य र ३० जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । पूर्वप्रधानमन्त्री खनालको बलियो क्षेत्र मानिएको सूर्योदयका झण्डै ८० प्रतिशत जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा लागेको देखिएको छ ।

त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकिकृत समाजवादीमा लागेका छन् । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालिन एमालेले अध्यक्ष उपाध्यक्षसहित ४ वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिध एमालेमै रहेका छन् । त्यस्तै सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुङ्गेली र देउमाई नगरपालिका ९ बाट वडा सदस्य हेमराज लिम्बूले एकीकृत समाजवादी रोजेका हुन् । इलाम, देउमाई र रोङ गाउँपालिकाका १र१ वडा सदस्य समाजवादीमा रहेका छन् ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि भदौ २२ गतेसम्म नवगठित पार्टीमा सनाखतका लागि समयसीमा दिइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय