सरकारले घटायो बजेटको आकारः भत्ता कटौतीको ५ अर्बले खोप किन्‍ने निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः शेर बहादुर देउवा नेतृत्वको सरकारले बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ। तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेट गठबन्धनको सरकारले घटाएको हो । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ। यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो।

सरकारले बैठक र अनुगमन भत्ता कटाएर कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर तत्काल बचत गरेर ५ अर्बको खोप खरिद गर्ने निर्णय गरेको हो।

चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय