भाइद्धारा दाजुको हत्या

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ओखलढुंगाःओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् ।जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् ।हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । घटनापछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि रामेछाप पठाएको छ ।आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय