के हो एमसीसी?ःरक्सीको सिसी कि बाटो खन्ने जेसीबी?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

लकडाउन खुलेपछि चियापसल खुले । खुलेका चियापसलमा थरीथरीका मान्छे जम्मा भए । मान्छे भेला भएपछि कुरा हुने नै भए । अनि चियापसलमा सुरु भयो एमसीसी बहस ।

–नेपालमा एमसीसी कुनै हालतमा आउन हुँदैन । तर एमसीसीवाली फातिमा चाहिँ बेलाबेला आएकै राम्रो ।

–फातिमा पनि नआएकै राम्रो । नेताहरुसँग बात गर्दा उपरखुट्टी लगाएर बस्ने मान्छे किन आउनु रु फातिमा नि नआउन्, एमसीसी पनि नआओस् ।

–हो हो।।। नेपालमा एमसीसी त आउन दिनै हुँदैन । एमसीसीसँगै अमेरिकी सेना पनि नेपाल आउँछ फेरि।

–हो नि, एमसीसी आए त देश अफगानिस्तानजस्तो भैहाल्छ नि ।

–बरु एमसीसी भनेको चाहिँ के रैछ कुन्नि रु

–कस्तो नबुझेको होला, नाम सुन्दैमा थाहा हुन्छ नि । सिसी क्या सिसी बोतल, रक्सीको बोतल । अलि ठूलो खालको बोतल होला । रक्सी हालेको, विदेशी ब्राण्डको । सिसी मात्रै भन्दा सस्तो ठान्छन् भनेर महँगो सिसी भन्ने अर्थ लाग्ने गरी अघिल्तिर एम थपेर अलि स्मार्ट नाम बनाएका क्या । नेपालीलाई बिगार्न उता बनाएको रक्सी सिसीमा हालेर पठाउन खोजेका होलान् । यसै त नेपाली धेरै रक्सी पिएर बिग्रिसके । त्यसमाथि अमेरिकाले त्यस्तो महँगो रक्सी ठूलो सिसीमा हालेर पठायो भने के हुन्छ रु सबै नेपाली बिग्रन्छन्, सबै गरिब हुन्छन् ।

–ओहो त्यसो भए त त्यति ठूलो र महँगो सिसीमा रक्सी ल्याउन दिन हुँदैन । यसले नेपाललाई गरिब बनाउँछ, नेपालीको स्वास्थ्य बिगार्छ । जसरी पनि एमसीसी रोक्नुपर्छ ।

–हरे कस्ता मुर्ख होलान् १ एमसीसी भनेको रक्सीको सिसी होइन क्या । पढाइको कुरा हो यो । हाम्रो यहाँ एमएससी, एमबीएस भनेजस्तै उताको डिग्री हो । एमएससी र एमबीएस भन्दा पनि ठूलो डिग्री एमसीसी । नेपालीले भन्दा धेरै पढेका एमसीसी पास गरेका मान्छेलाई यहाँ विकास गर्न पठाउने भनेका हुन् । कुरा बुझ्नुसुझ्नु छैन । एमसीसी भनेको रक्सीको सिसी भन्छन् १ दिमाग लगाउनुपर्यो नि १

–ए एमसीसी भनेको पढाइको, डिग्रीको कुरा पो हो रु त्यसो हो भने त गजब हुन्छ नि । उनीहरुले हामीलाई सिकाउँछन्, अनि हामी पनि उनीहरुकै हाराहारीमा पुग्न सक्छौँ ।

–कहाँ उनीहरुले सिकाएर हुन्छ रु उनीहरुभन्दा हामी जान्ने छौँ । पढेर, डिग्री हातमा परेर मात्र हुन्छ रु अनुभव हुनुपर्यो नि । हामीलाई जस्तो अनुभव उनीहरुसँग हुन्छ रु त्यसमाथि उनीहरुले अङ्ग्रेजी मात्र बोल्छन् । हाम्रा छोराछोरीले बोर्डिङ स्कुल पढेर नेपाली भाषा बिर्सिसके । अब अमेरिकामा धेरै पढेका मान्छेहरु हाम्रामा आउँदा छोराछोरीको हालत झन् के होला रु नेपाली भाषा त सोत्तर हुन्छ रु त्यति धेरै पढेका, एमसीसी पास गरेका मान्छे हाम्रो देशमा ल्याउन हुँदैन ।

–कस्तो मुर्ख कुरा गरेको होला १ एमसीसी भनेको एमएससी र एमबीएस भनेजस्तो हैन क्या । कता पढाइको कुरा गरेको रु यो त सुरक्षाको विषय हो रे । अमेरिकी सेनाको कुरा क्या । भारतीय सीमा सुरक्षा बललाई एसएसबी भनेजस्तै अमेरिकी सेनाको बललाई एमसीसी भनेको हो । अमेरिकी सेना नेपाल आउन लागेका हुन् ।

–ओहो भारतीय सुरक्षाकर्मीले त यस्तो दुःख दिइरहेको छ, अमेरिकी सेना त कहाँ आउन दिन हुन्छ र रु हुँदैन । अमेरिकी सेना नेपाल आउने यस्तो राष्ट्रघाती सम्झौता कुनै हालतमा कार्यान्वयन गर्न हुँदैन । रोक्नुपर्छ ।

–एमसीसी भनेको एसएसबी भनेजस्तो पनि हैन । यो त एनटीसी र एनसेल भनेजस्तै मोबाइलको काम गर्ने अर्को कम्पनीको नाम एमसीसी होला ।

–त्यसो हो भने पनि नेपालमा एमसीसीको काम छैन । एनटीसी र एनसेल नै काफी छन् नि किन चाहियो अर्को कम्पनी रु

–एमसीसी भनेको कहाँ मोबाइल कम्पनी हुनु रु हैन होला । सम्झौतामा त बिजुली र सडक बनाउने कुरा छ पो भन्छन् त ।

–भनेपछि सडक बनाउँदा र बिजुलीको टावर गाड्दा जेसीबी र डोजर लगाउँछन् नि, हो जेसीबी भनेजस्तै एमसीसी होला । जेसीबीले भन्दा छिटो खन्ने मेसिन ।

–ओहो जेसीबीभन्दा पनि ठूलो मेसिन त झन् ल्याउन दिनै हुँदैन । बाटो खन्दा गाउँगाउँमा जेसीबी पसेपछि अहिले नै गाउँघरमा पहिरो चलेको चल्यै छ । जेसीबीका कारण कतिका घर भत्किसके । कति ठाउँमा पहिरो गैसक्यो । अब जेसीबीभन्दा पनि पावरवाला एमसीसी आयो भने त गाउँमा अलिअलि बाँकी बसेका घर पनि सग्ला रहँदैनन् । बाटो र बिजुली बनाउँदा सबैतिर पहिरो खसेर बर्बाद हुन्छ । एमसीसी त ल्याउन हुँदै हुन्न । जसले विरोध गरिरहेको छ ठिक छ ।

–हैट मुर्खहरु एमसीसी भनेको बाटो खन्ने जेसीबी होइन । एमसीसी, एमबीएस भनेजस्तो पढाइको कुरा पनि हैन । न एसएसबी भनेजस्तो हो, न एनटीसी र एनसेल भनेजस्तो । रक्सीको महंगो सिसी पनि होइन । यो त अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको छोटकरी रुप हो क्या एमसीसी ।

–हो र रु अनि सम्झौतामा के के छ रु किन विरोध भएको त रु

–खै के छ भनेर त पढेको छैन । तर जेसीबी, एनटीसी भनेजस्तो चाहिँ होइन । तर यो ल्याउन चाहिँ हुँदैन ।

–अनि के हो भन्ने कुरै नबुझी ल्याउन चाहिँ किन नहुने नि

–खै हाम्रो पार्टीले हुँदैन भनेको छ, त्यसैले हुँदैन ।

–हैन हाम्रो पार्टीले एमसीसी आएर केही हुँदैन, बरु नेपालको विकास हुन्छ भनेको छ, ल्याउँदा हुन्छ ।

–हुँदै हुँदैन ।

–हैन हुन्छ ।

–तैँले भनेर कहाँ हुन्छ रु एमसिसी आउनै दिन्नँ ।

‘ए ए।।।मेरो चियापसलमा गफ मात्रै गर्न पाइन्छ, धकेलाधकेल गर्ने हो भने चाहिँ संसद भवन जानुस् है, एमसीसीको कुराले यहाँ मेरो कोक र फेन्टा राखेको सिसी फुट्ला’ चिया पकाउँदै गरेकी साहुनीले भनिन् ।उज्यालोअनलाईनबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय