सभामुखले बोलाएकोे सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौंःसभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टी सहभागी हुने भएपछि एमालेले बैठकमा नजाने निर्णय गरेको हो।

विवाद एमालेसँग भएकाले अन्य दलसँग छलफल गरेर समाधान नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्। भन्छन्,‘अहिले विवाद हामीसँग छ। तर, उहाँले देउवा, प्रचण्ड, माधव, बाबुराम, उपेन्द्रलाई बोलाएको बैठकबाट कसरी समाधान निस्कन सक्छरु’

सभामुखको सर्वदलीय बैठकको पत्र पाएपछि आफूले टेलिफोन संवाद गरेको समेत बताए। ‘मैले फोनमा कुराकानी गरेको थिएँ। अहिले हामी सिंहदरबारमै छौँ। बसौँ भन्नुभएको छ’ उनले भने।

सभामुख सापकोटाले माधव नेपालसहित १४ संसदमाथिको कारबाहीको सूचना टाँस नगरेसम्म संसद् अगाडि बढ्न नसक्ने उनको भनाइ छ।

सचेतक भट्टराई थाहाखबरसँग भन्छन्, ‘उहाँले अहिले बोलाएको बैठक पनि षड्यन्त्रमूलक नै छ। एमाले फुटाउन भूमिका खेल्नुभयो। उहाँलाई हाम्रो शर्त स्पष्ट छ। कि त उहाँले ढिलो भएँ भनेर सूचना टाँस गर्नुपर्‍यो या मार्गप्रशस्त गरेर बाटो खोलिदिनुपर्‍यो।’

आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको कदमको विरोधको विरोध गर्दै आइरहेको छ।

संसद्‍मा एमालेको निरन्तर अवरोधपछि सभामुखले सोमबार दिउँसो साढे २ बजेको लागि सर्वदलीय बैठक बोलाएका छन्। सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपालेले बताए।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई बोलाइएको छ।

एमालेको अवरोधपछि प्रतिनिधिसभाको आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए।

सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा बहस गर्न नमिल्ने भएकाले सदन सञ्चालनमा सहयोग गर्न पटक(पटक आग्रह गरे। सभामुखले आफ्नो अधिकारको बिषय उठाउँदा अरू सांसदको अधिकारमा ध्यान दिनसमेत एमालेको ध्यानाकर्षण गराएका थिए।

सभामुखको आग्रह अस्वीकार गर्दै एमालेले नाराबाजी कायम राखेपछि पहिलो बैठक १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो। त्यस्तै दोस्रो बैठक सुरु हुनासाथ प्रतिपक्षका सांसदहरूले नाराबाजी सुरु गरेपछि बैठक आगामी मंगलबार १ बजेसम्मलाई स्थगित गरिएको छ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय