देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेःपौडेल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंःनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्।

सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरुलाई मान्य नहुने पौडेलको चेतावनी छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता,कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश व्यक्त गरे।

उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रीकरणको बाटोमा हिँडाउन सकिने वरिष्ठ नेता पौडेलको बुझाई छ।

‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ, हामी यसलाई मान्दैनौँ। त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन।ु उनले भने, ुनेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरुलाई पाखा लगाउने काम, जो भएको छ। हामी त्यसको विरोध गर्न चाहन्छौं। यस किसिमले देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस, जो गर्न खोजिएको छ। त्यो दुस्साहस हो। हामी हुन दिँदैनौँ ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाए। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय