राष्ट्रिय जनगणना २०७८’ बुधबारदेखि सुरु हुँदैःइलाममा ९९ जना सुपरिवेक्षक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःकोराना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’ बुधबारदेखि सुरु हुँदैछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ ३० भदौ देखि ९ मंसिरभित्र सम्पन्न हुने गरी १२ औं जनगणना गर्न लागिएको छ ।

दुई चरणमा हुने जनगणनाको पहिलो चरणको काम बुधबारदेखि सुरु हुने मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला जनगणना कार्यालयले जनाएको छ । पहिलो चरणको कार्यक्रम १८ असोजसम्म संचालन हुने जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । २० दिनको अवधिमा सुपरिवेक्षकहरुले घर तथा घरपरिवारको सूचीकरण गर्नेछ ।

त्यसका लागि इलाममा ९९ जना सुपरिवेक्षक नियुक्त भई कार्यस्थलमा खटाईकिएको जनगणना अधिकारी कार्कीले बताए । ‘सुपरिवेक्षकलाई पहिलो चरणमा ५ दिनको आधारभूत र भर्खरै २ दिनको पुर्नताजकी तालिम दिएर गणनाक्षेत्र पहिभचान गरी सम्बन्धित गणनाक्षेत्रमा खटाईसकिएको छ’ कार्कीले भने, ‘उहाँहरुले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर काम गर्नुहुनेछ ।’ सुपरिवेक्षले घर तथा घपरिवारको सूचिकरणका लागि २५ वटा प्रश्नावलीको आधारमा सूचना संकलन गर्नेछ ।

त्यस्तै दोश्रो चरणको कार्यक्रम २५ कात्तिकदेखि ९ मंसिरसम्म संचालन हुनेछ । १५ दिनको सो अवधिमा सुपरिवेक्षकले गरेको सूचिकरणका आधारमा गणकले मुल गणनाको काम गर्नेछ । गणकले विभिन्न ८० वटा प्रश्नावलीका आधारमा सूचना संकलन गर्नेछ ।

यसअघि २५ जेठबाट ८ असारभित्र सम्पन्न हुने गरी जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो ।

‘विगतका जनगणनामा लिङ्गको महलमा महिला र पुरुष मात्र उल्लेख गर्ने गरिएकाले उनीहरुको मात्र तथ्याङ्क आउँथ्यो’ यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यरत ब्लु डाइमन सोसाइटीकी गौरी नेपालीले भनिन्, ‘तर यसपटक अन्य लिङ्गीय समेत उल्लेख गरिएकाले पहिलोपटक उनीहरुको पनि तथ्याङ्क आउँदैछ ।’ तर कतिपय घरपरिवार र समुदायले अन्य लिङ्गीय व्यक्तिको वास्तविक तथ्याङ्क नदिएमा तथ्याङ्क नआउने चुनौति पनि उत्तिकै रहेको नेपालीले बताइन् ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र रहेको छ ।

स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति रहेको छ । जहाँ सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बनेका छन् । त्यस्तै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय जनगणना सहजीकरण समिति रहेको छ । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहेको छ । ति समितिले जनगणनाका क्रममा सुपरिवेक्षक र गणकलाई आवश्यक समन्वय र सहयोग गर्नेछ ।

देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क संकलन गर्न जनगणना गर्ने गरिन्छ । नेपाललमा वि।स। १९६८ देखि जनगणना सुरु गरिएको थियो ।

आर्थिक र सामाजिक तथ्याङ्क पनि आउने

यसपटकको जनगणनाले तल्लो ९वडा० तहसम्मको बेग्लाबेग्लै तथ्याङ्क दिने गरी व्यवस्थापन गरिएको छ । विगतका जनगणनामा जानसाङ्ख्यिक तथ्याङ्क मात्र लिने गरिएकोमा यसपटक आर्थिक र सामाजिक तथ्याङ्क समेत आउने गरी प्रश्नावली तयार गरिएको छ । ‘विगतका जनगणनामा जनसाङ्ख्यिक तथ्याङ्क मात्र आउनेगरी प्रश्न सोधिन्थ्यो । आर्थिक र सामाजिक प्रश्न ८ परिवारमध्ये १ परिवारलाई मात्र सोधिन्थ्यो’ जनगणना अधिकारी कार्कीले भने, ‘यस पटकको जनगणनामा प्रत्येक परिवारलाई आर्थिक र सामाजिक प्रश्न समेत सोधिनेछ । यसबाट तल्लो तहसम्मको तथ्यपरक सूचना आउँछ भन्नेमा सरकार विश्वस्त छ ।’

पहिलो पटक अन्य लिङ्गीयको गणना

नेपालमा पहिलोपटक अन्य लिङ्कीय समुदायको समेत गण्ना गरिदैंछ । हालसम्म नेपालमा अन्य लिङ्गीय समुदायको आधिकारिकि तथ्याङ्क नभएको अवस्थामा यस पटकको जनगणनाबाट अन्य लिङ्गीय समुदायको पनि तथ्याङ्क आउने भएको छ । प्रश्नावलीमा नै लिङ्गको महलमा महिला, पुरुष र अन्य लिङ्ग उल्लेख गरिएकाले अन्य लिङ्गीय समुदायको आधिकारिक तथ्याङ्क आउनेछ । अन्य लिङ्गीय अन्तरगत महिला समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी, तेश्रो लिङ्गी र अन्तरलिङ्गी समेटिनेछन् । नयाँबुलन्दबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय