माइजोगमाई–१ शंखाबुङमा कात्तिक १२ देखि फुटबल प्रतियोगिता

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले, नयाँबजारः माइजोगमाई गाउँपालिका १ स्थित शंखाबुङमा कात्तिक १२ देखि खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

शंखाबुङ युथ क्लबको आयोजनामा दीपावली अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रत्येक वर्ष सञ्चालन हुँदैआएको प्रतियोगिता यो वर्ष पनि आयोजना हुने भएको हो । स्थानीय शारदा आधारभूत विद्यालयको खेलमैदानमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

फाइनल जित्ने टोलीले नगद ५० हजार, उपविजेताले ३० हजार पाउने छन् । दुवै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षकलगायतलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । खेल सेभेन साइट फर्म्याटमा सञ्चालन हुनेछ । टिम दर्ता कात्तिक १० सम्म गरिसक्नुपर्ने र खेलतालिका ११ गते प्रकाशन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय