सरस्वती मा.वि लक्ष्मीपुरमा सात विद्यालयको प्रतिभा पहिचान

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रविन विसी,लक्ष्मीपुरः सरस्वती माद्यमिक विद्यालय सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरले प्रतिभा पहिचानको छनोट कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको १२ महिना १२ कार्यक्रम अन्तर्गत कार्तिक महिनाको आधारभूत तह १ देखि ५ सम्मको स्तरीय प्रतिभा पहिचान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक ठकबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा १४ नं वडाका वडा सदस्य कोपिला अधिकारी र मनमाया मिजारको आतिथ्यता थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तीर्थराज आचार्य, ज्योति माविका शिक्षक अभिचन्द्र भट्टराई, तेजबहादुर राई, बुद्ध मावि विद्यालयका शिक्षक कोमल घिमिरे, अरुणदय माविका शिक्षक टेकबहादुर लिम्बू ,अस्मिता मगर, शारदा आ वि बाट सुरेन्द्र मिश्र , जिमिखात आ। वि का प्रधान अध्यापक वासुदेव पौडेल , बालकल्याण आवि का प्रधानाध्यापक जगतबहादुर राई, सरस्वती माविका सहायक प्रधानाध्यापक वीरेन्द्रकुमार शाह समेतको उपस्थिति थियो ।

औपचारिक कार्यक्रममा गायन तर्फका तीनजना निर्णायक मण्डल गठन गरिएको थियो भने नृत्यतर्फ चारजना निर्णायक मण्डल गठन गरिएको थियो।
गायनतर्फ अभिचन्द्र भट्टराई, सुरेन्द्र मिश्र, टेकबहादुर लिम्बुले गायन छनोटको जर्ज प्यानलमा हुनुहुन्थ्यो भने त्यस्तैगरी अन्जना कार्की ,कमल घिमिरे ,जगत राई र सुशिला लिम्बूले नृत्य निर्णायक गर्नुभएको थियो ।

ज्योति माध्यमिक विद्यालयबाट एकल गायनतर्फमा कक्षा ३ का रिदम बिसी प्रथम भएका थिए भने शारदा आ.वि का कक्षा ३ का हतुसा समाल र अरुण दया माविका युनिक बस्नेत तेस्रो भएका थिए। त्यस्तैगरी नृत्यतर्फ एकल नृत्यमा बुद्ध माविका छात्र दिप्सिखा थापा , सरस्वती माविका निष्मा मगर ,र शारदा आविका एसेन् पौडेल तृतीय भएका थिए । सामूहिक नृत्यतर्फ शारदा आवि का विद्यार्थी पहिलो, सरस्वती मावि द्वितीय र जिमीखाद तृतीय भएको कार्यक्रमका अध्यक्ष सरस्वती माविका प्रधानाध्यापक ठकबहादुर विश्वकर्माले जानकारी दिनुभयो।

कार्यक्रममा सातवटा विद्यालयका विद्यार्थीहरू उपस्थिति रहेका थिए भने एकल गायन , एकल नृत्य र सामूहिक नृत्य विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा विजय विद्यार्थीहरुलाई प्रमाण पत्र र कापी बितरण गरिएको सभाध्यक्ष प्र अ विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सरस्वती माविका कक्षा ११ की छात्रा युटिना समालले स्वागत नृत्य गर्नुभएको थियो भने रामनाथ आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै १४ नम्बर वडाका जनप्रतिनिधि कोपिला अधिकारीले नगरपालिकाले विभिन्न खोज र प्रतिभाहरूलाई उठान गर्ने १२ महिना बाहिर १२ कार्यक्रम ल्याएको बताउनुभयो। यसले कला र गलाको सम्मान र क्षमतालाई अभिवृद्धि गराउने ठूलो माध्यम बनाउने उहाँको विश्वास छ। उहाँले भन्नुभयो , नगरपालिकाका सम्पूर्ण वडाका स्कुलहरूमा भाइबहिनीहरूको प्रतिभाहरू अब प्रस्फुट गर्न एउटा राम्रो माध्यम बनेको छ। यसलाई अझ सशक्त रुपमा सबैजना भई प्रतिभाको खोज र भाइबहिनीहरूको क्षमतालाई अगाडि बढाउन सम्पूर्ण अभिभावकहरूले खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुनेछ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य तीर्थ आचार्यले भन्नुभयो, सम्पूर्ण विद्यार्थीले आफ्नो कला र क्षमतालाई सही मूल्याङ्कन गरी व्यवसायिक रुपमा पारदर्शी ढंगले साधना गरी हाम्रो ठाउँको र देशको नामलाई उच्च राख्न यहाँहरूको ठूलो भूमिका रहनेछ कलालाई अझ धेरै निखार दिनुहोस् तपाईँ अवश्य भविष्यको कर्णधार साथै कलाकारिता क्षेत्रमै आफ्नो भविष्य सुनिश्चित गर्नुहुनेछ।

अन्त्यमा कार्यक्रमको सभाध्यक्ष सरस्वती माविका प्र। अ ठकबहादुर विश्वकर्माले सहभागी विद्यालयका विद्यार्थीहरूलाई हार्दिक धन्यवाद दिँदै एकल गायन नृत्य र सामूहिक नृत्यमा पहिलो हुने विद्यार्थीहरूलाई नगरपालिकाले अन्य विद्यालयबाट छनोट भएका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गराउने व्यहोरा जानकारी गराउनुहुँदै सबैलाई स धन्यवाद दिनुहुँदै समापन गर्नुभयो । सरस्वती माविका शिक्षिका रचना नेमाङले कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय