गाउँ चिनाउने काम

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जीवन शर्मा,पशुपतिनगरः सूर्योदय नगरपालिका वार्ड नं ३ जील गाउँका फोटोग्राफर तथा छयाङ्कनकार हिकस राईले आफ्नो ठाउँलाई गीतको माध्यमबाट चिनाउने प्रयास गरेका छन् । आफ्नै गाउँ ठाउँको परिवेशमा तयार गरिएको गीतको बिमोचन कार्यक्रमको आयोजना गरेर कार्तिक १० गते सनिवारका दिन गाउँ चिनाउने काम गरेका हुन् । शहर र होटलमा कार्यक्रम गर्दा आफ्नो गाउँ र आफ्नो ठाउ सँधै ओझेलमा पर्ने हुँदा आफ्नै गाउँ र सोहि परिबेशमा कार्यक्रमको आयोजना गरिएको हिकेस बताउँछन् ।

सूर्योदय ३ जिलगाउँमा रहेको वालिङ गाउँमा उनीहरूको बसोबास सम्भवत २०० वर्ष अगाडि भोजपुरबाट हाँसपोखरी हुँदै यहाँ भएको इतिहासबाट थाहा लाग्छ । भोजपुरबाट यहाँ आइपुगेका सिरिहाङ वालिङहरुको सानो गाउँ नै रहेको र सो गाउँको नाम वालिङ गाउँ र सो डाँडालाई वालिङ डाँडा भनिदै आएको छ । आफ्नो ठाउँको पहिचानको लागि सर्जक हिकस राई र प्रदिप राइले वालिङहरुको नाममा स्मारक यस अगाडि नै बनाएका छन । अहिले आएर उनै सर्जक हिकस राईले वालिङ डाँडालाई समेटेर तयारी गरिएको पहिचान संरक्षण गर्ने हेतुले गीत र त्यसको म्युजिक भिडियोको पृमियम सो आफ्नै ठाउबाट गरे ।

सर्जक राईले कार्तिक १० गते सनिबार साझ वालिङ डाँडामा एक कार्यक्रमका साथ पृमियम सो गरी गीतको बिमोचन गर्दै गीतमा अभिनय गर्ने कलाकारहरुलाई सम्मान गरेका छन । स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थितिमा कलाकारहरु उपस्थिति गराइ गरिएको कार्यक्रम आफैमा अर्थपूर्ण रह्यो ।

एकातिर ग्रामीण क्षेत्रमा कार्यक्रम गरी गाउँको परिचय बढाउनु र आफ्नो पहिचानको संरक्षण गरिनु अत्यन्तै राम्रो पक्ष रह्यो । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका हिकसको गाउँ चिनाउने कामको जति तारिफ गरे पनि कमि हुने स्थानीयहरु स्वीकार गर्छन ।

हुन त यो गाउँमा सिरिहाङ वालिङ भन्दा अगाडी नै माक्रीहाङ वालिङको बसोबास रहेको तर समय र परिस्थितिले गर्दा उनीहरू बिस्थापित भएको देखिन्छ । पछि सिरिहाङ वालिङ आइ बसोबास गरेपछि ठाउँले पहिचान पायो । त्यहि पहिचान हो वालिङ डाँडा र एउटा ऐतिहासिकता दस्तावेज बन्यो हिकस राईहरुले तयारी गरेको गीत ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय