
फिक्कलःएमाले इलामको समानान्तर कमिटि नेकपा एकिकृत समाजवादीमा समाहित भएको छ । आज इलामको सूर्योदय नगरपालिका–१० फिक्कलको लाप्चा भवनमा सम्पन्न भेलाबाट भक्त केसीको अध्यक्षतामा रहेको २५१ सदस्यीय जिल्ला कमिटी नेकपा एसमा समाहित भएको हो । बुधबार आयोजित भेलाले जिल्ला कमिटी उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ।
पार्टी समाहित भएपछि नेकपा एसले जिल्लामा संगठनलाई चलायमान बनाउने विभिन्न निर्णयहरु गरेको छ । १० पालिकामा इन्र्चाज तोकेर पाटीलाई चलायमान बनाउने निर्णय भएको नेकपा एसका नेता पेमा उगेन लामाले जानकारी दिए । १ महिनाभित्र जिल्लाको १० वटै पालिकामा वडा स्तरसम्म कमिटी गठन गरिनेछ ।



जनसंगठनहरुको भेला चाडै बोलाएर संगठनका गतिविधिहरुलाई कमिटिगत रुपमा अघि बढाउने निर्णय भएको छ । नेकपा एसका अध्यक्ष भक्त केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी प्रदेश कमिटि सदस्य एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट जिल्ला कमिटि एवम जनवर्गिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आगामी असोज २ गते पार्टी कार्यालय स्थापना हुने
नेकपा समाजवादी सूर्योदय नगर कमिटिले गतिविधिहरुलाई सक्रिय बनाउने आगामी असोज २ गते पार्टी कार्यालय स्थापना गर्ने भएको छ । सूर्योदय नगरपालिका–१० फिक्कलको सब्जीलाइनमा पार्टी कार्यालय स्थापना गर्न लागिएको हो । कार्यालय उद्धघाटनमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवम बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहने जनाइएको छ । from localsandesh