प्याब्सन सुर्योदय नगर समितिको दोस्रो अधिवेशन उद्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कन्यामःनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको सूर्योदय नगर समितिको दोस्रो अधिवेशन शूरु भएको छ । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक अधिवेशन गर्ने योजना अनुरुप सुर्योदय नगर समितिको अधिवेशन शुरु भएको हो ।

नगर अधिवेशनको सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राई र उप–प्रमुख दुर्गादेवी भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नगर प्याब्सनका अध्यक्ष लाकेल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादूर राईले सूर्योदय नगरपालिका भित्रको शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकता दिएको बताए

प्रविधिको प्रयोगबाट शैक्षिक गतिविधि अघि बढाउन र प्राविधिक धारको शिक्षा अध्ययनका लागि नगरपालिकाले काम गरिरहेको उनले बताए । निजी क्षेत्रका विद्यालयहरुको सहकार्यमा पनि नगरपालिकाले आफ्ना शैक्षिक गतिविधि अघि बढाइएको नगर प्रमुख राईले बताए ।
कार्यक्रममा सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराईले निजी र सामुदायीक विद्यालय एक आपसमा सहकार्य गर्दै अघि बढ्ने बिषयमा नगरपालिका अघि बढेको बताइन् । निजी र सामुदायीक विद्यालयको अध्ययन गुणस्तरीय बनाउन सुर्योदय नगरपालिकाले हरेक शैक्षिक गतिविधिमा प्याब्सनमा आवद्ध विद्यालयहरुसँग पनि आगामि दिनमा अझ सहकार्य गर्ने उनले बताइन् ।

उनले सामुदायीक विद्यालयमा छात्रा विद्यार्थीलाई वितरण गरिने सेनिटरी प्याड निजी विद्यालयका विद्यार्थीमा पनि वितरणका पहल गर्ने बताइन् । कार्यक्रममा प्याब्सन केन्द्रिय समितिको सुभकामना पत्र प्याब्सन केन्द्रिय समितिका सचिवालय सदस्य तथा प्रदेश एक अध्यक्ष युवराज बाशिष्ठले वाचन गरेका थिए । उनले स्थानीय तहले सामुदायीक विद्यालय सहर निजी विद्यालयलाई पनि व्यवहार गर्नुपर्ने बताए । नगर भित्र गरिने शैक्षिक गतविधिमा नगर शिक्षा समितिबाट निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई प्रोत्साहानको व्यवस्था गर्नुपर्ने बाशिष्ठले बताए ।
कारोना माहामारीबाट निजी विद्यालयको अवस्था नाजुक भएकाले स्थानीयस्तरमा शिक्षाको नियमन गर्ने निकाय स्थानीय तहले निजी विद्यालयलाई प्रोत्साहानको कार्यक्रम ल्याउनुपर्ने उनको जोड थियो । निजी विद्यालयका संचालक लामो समय विद्यालय बन्द हुँदा बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भएकाले सरकारी सहयोग आवश्यक रहेको बाशिष्ठले बताए । सामुदायीक विद्यालयसँगै निजी विद्यालयका शिक्षक शिक्षिकालाई तालिमको व्यवस्था गर्नुपर्ने बाशिष्ठको जोड थियो ।

कार्यक्रममा प्याब्सन सूर्योदय नगर समितिका सल्लाहाकार तथा जिल्ला उपाध्यक्ष रगुन गुरुङ्ग, प्याब्सन इलामका पूर्व अध्यक्ष प्रकाश भक्तराजले निजी विद्यालयले शैक्षिक क्षेत्रको विकास सँगै राज्यको जेडिपिमा योगदान गरिरहेकाले सूर्योदय नगरपालिकाबाट हरेक शैक्षिक गतविधिमा सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्याब्सन सुर्योदय नगर समितिका दिनेश घिसिङले उद्घाटन सत्रको स्वागत मन्तव्य राखेका थिए । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । स्थानियसन्देशबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय