विद्यालयको कमसल ब्यवस्थापन माथी पत्रकारले प्रश्न गर्दा न्यायिक समितिमा उजुरी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः सार्वजनिक सम्पत्तिको संरक्षण हरेक नागरिकको दायित्व हो । विद्यालय,मन्दिर,सडक,विद्युत जस्ता सामाजीक सम्पत्तिको दुरुपयोग हुन नदिन सचेत नागरिकले आवाज उठाउन जरुरी छ । आवश्यकताका आधारमा नेतृत्वलाई सहयोग गर्न र कठिनाईहरु किनारा लगाउँदै सुन्दर समाजको निर्माण गर्न हरेक नेपाली एकढिक्का हुनुपर्छ । यो हाम्रो कर्तब्य हो । सामाजीक दायित्व हो । जिम्मेवारी हो ।

तर, यस्तै एक सार्वजनिक सरोकारको विषयमा प्रश्न गर्ने एक पत्रकारलाई भने नेतृत्वले उजुरी गरेको पाईएको छ । इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर १ प्रेमेजुङमा रहेको श्री शिवमाई मा।बिको कमसल ब्यवस्थापनका कारण उत्पन्न समस्याका बारे बोलेका पत्रकार विनु खड्काका विरुद्ध बिद्यालय ब्यवस्थापन समितिले न्यायिक समितिमा मुद्धा हालेको छ ।

पत्रकार खड्काले विद्यालयको भौतिक संरचना अस्तब्यस्त भएको,झारले पुरिएर झोडी बनेको र कक्षा कोठामा डेक्सबेन्च भत्किएका जस्ता लथालिङ्ग स्थितीको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका थिए । भौतिक सामाग्रीको कुनै संरक्षण नभएको भन्दै नेतृत्वले सचेत भएर संरक्षण गर्नुपर्ने माग गर्दै खड्काले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

ब्यक्तिगत आछेप नलगाई सामाजीक विषयमा विचार सार्वजनिक गर्न पाउने हरेक नागरिकको वाक स्वतन्त्रताको हनन भएको पत्रकार खड्का बताउँछन । अझ समाजमा भएका सहि गलत जुनसुकै कामको प्रचारप्रसार गर्नु र जनमानसका सामु पुर्याउनु त मेरो धर्म हो । खड्का भन्छन्,“विद्यालय सबैको साझा हो मिलेर संरक्षण गरौँ । आक्रोश र आवेशले नेतृत्व समाह्ल्न सकिदैन । ”

यता,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम पौडेलले भने,“कोरोना भाइरस संक्रमणको बेला सबै तिर बन्दाबन्दी भएकाले बिद्यालयमा जाने अवस्था भएन । बिषम अवस्थामा बिधालयमा सरसफाइ गर्न नसकेकै हो । ब्यवस्थापकिय कमी कम्जोरी भएको छ । बिनु खड्का बिधालयको सरोकारवाला ब्यक्ति पनि हुन् । तर उन्ले विद्यालयले गरेका राम्रा कामको प्रचार नगरेर नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले यो कार्य उचित नभएको भन्दै न्याय पाउ ,छलफल गरिपाँउ भनि न्यायिक समिति माईजोगमाई गाउँपालिकामा निबेदन दर्ता गराएका छौँ ।”

पौडेलले कोरोना कहरका बेला नियमित विद्यालय संचालन गर्न नसकिएको भन्दै विद्यालयको सरसफाई,संरक्षण लगायतका काम हुन नसकेको स्विाकार गरे । विद्यालय संचालनमा आएसंगै ब्यवस्थापकीय पक्ष सुदृण भएर जाने उनले बताएका छन्।

पत्रकार खड्का इलाम खबर डटकमका सह–सम्पादक,रेडियो बुद्धवाणी एफएमका सम्वाददाता र सगरमाथा टेलिभिजनका इलाम सम्वाददाता पनि हुन् ।

सामाजीक संजाल फेसबुकमा पत्रकार खड्काले सार्वजनिक गरेको सामाग्री

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय