इलामको सूर्योदयमा नेकपा एसको वृहत भेलाःकार्यालय उत्घाटन र पार्टी प्रवेश कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन २, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

मनोज अधिकारी,फिक्कलःइलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नेता तथा कार्यकर्ताको वृहत भेला सम्पन्न भएको छ ।

नेकपा एकिकृत समाजवादी सूर्योदय नगर कमिटिको पार्टी कार्यालय उत्घाटनको अवसरमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा हजारौँको संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नगरपालिकाका प्रमुख तथा नेकपा एसका नेता रण बहादुर राईको अध्यक्षता रहेको कार्यक्रममा गन्डकी प्रदेश नेकपा एसका संसदिय दलका नेता राजेन्द्र पाण्डेले पानसमा दियो बालेर कार्यलयको सांकेतिक उत्घाटन गरेका थिए ।

१० बजेलाई डाकिएको कार्यक्रम निर्धारित समय आसपास फाट्ट–फुट्ट मानिस मात्र थिए । चकमन्न जस्तै थियो । पुर्वनिर्धारित समय भन्दा करिब ३ घण्टा ढिलो संचालन गरिएको कार्यक्रममा अचानक हजारौँ कार्यकर्ता चर्को नारा जुलुस लगाउँदै कार्यक्रमस्थलमा आईपुगे । उनिहरुले नेकपा एकिकृत समाजवादी जिन्दावाद,दक्षिणपन्थी मुर्दावाद,खड्ग ओली मुर्दावाद,कम्युनिष्ट–कम्युनिष्ट एक हौँ जस्ता नारा लगाएका थिए । शुरुवातमा सुनसान देखिएको कार्यक्रममा अकल्पनीय रुपमा जनसागर उर्लिएको हो । फिक्कल चोकबजारमा चारैतिर बाट भेला भएर बजार परिक्रमा गर्दै पार्टी कार्यालय अगाढिको प्राङ्गणमा सहभागिले लामो समय नारा लगाए ।


कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीको नेता राजेन्द्र पाण्डेले संविधान,संघीयता र समावेशिता मास्ने र धर्मलाई प्रयोग गरि शत्तामा बस्ने ओलीको योजना असफल पारिएको बताएका छन् । संघीयतालाई समाप्त पार्ने र धर्मलाई प्रयोग गरेर लामो समय शासन सत्तामा बस्ने योजना भएपनि प्रतिगमन बिरोधि आन्दोलनबाट ओलीको योजना असफल भएको उनले बताए ।

एमालेको नेतृत्व जनवादी केन्द्रियताको सिद्धान्त अनुसार, लेनिनवादी सिद्धान्त अनुसार अघि बढ्न नसकेकाले क्रान्तिकारी धार एमाले भित्र भुत्तो भएकाले नयाँ अभियानका साथ पार्टी गठन गरेको पाण्डेले बताए । पाण्डेले २०७४ को निर्वाचन पछि केपि ओलीमा दम्भ र अंहङ्कार चुलिएको र अहिले सत्ताबाट निस्किएपछि बार्दलीबाट पोखिन थालेको बताए ।
दुईतिहाई नजिक संसद संख्या रहको पार्टी र संसद विगठन गरि फेरि दुईतिहाईको खोजिमा केपि ओली लाुग्नु अचम्म लागेको भन्दै पाण्डेले भने– अब एमालेबाट एक तिहाई मत ल्याउन सक्दैन । एमाले र माओवादी गठबन्धन नगरेको भए २०७४ सालमा संसदीय निर्वाचनमा एमाले एक्लैले ५० सिट मात्रै जित्ने अवस्था थियो’ । पाण्डले भने– ‘बाम गठबन्धनबाट प्राप्त भएको मत र सफलतामा ओली एक्लैले जस लिन खोज्दा नेकपाको एकता जोगिएन नसकेको हो । उनले सबै स्थानीय तह र वडा तहमा पार्टीको संगठन शसक्त बनाइने र इमान्दारिपूर्वक संघीयता सहितको संविधान रक्षाका लागि लड्ने बताए ।

पाण्डेले चाडै नै प्रदेश एक र बागमती प्रदेशमा नेकपा एसको नेतृत्वमा प्रदेश सरकार बन्ने बताए । प्रदेशमा दुई÷दुई वटा सरकारले नेतृत्व गर्ने गठबन्धमा सहमती भएको पाण्डेले बताए । एमाले भित्र व्यक्तिलाई सम्राट बनाउने तयारी भएको बताउँदै पाण्डेले नेकपा एस सामुहिक नेतृत्वमा जाँदै जनताको बहुदलिय जनवाद ९जबज० को जगमा समाजवादको यात्रामा जाने बताए ।
चारवटा राजनितिक दलको गठबन्धन गरेर चुनावमा जाने बताउँदै उनले नेपाली काँग्रेससंग कतिपय स्थानमा तालमेल हुने जनाए । चुनाव पछि समेत गठबन्धनको सरकार बनाइने पाण्डेले बताए । ओली नेतृत्वको सरकार तानाशाही बनेको आरोप लगाउँदै पाण्डेले ओलीको भुमिका जनतालाई राहत दिने भन्दा पनि कमाउने तिर बढि ध्यान केन्द्रित बनेको बताए । नेकपा एमालेको सिंगो पार्टीलाई सच्याउन ओली तयार नभएपछि छुट्टै योजना बनाएर अघि बढेको पाण्डेले बताए ।

१० बुदेको पछाडी कुदने मध्यमार्गीहरुलाई केपी ओलीले पार्टी भित्र नै रामधुलाई गरेको उनले बताए । एमसीसी नेपालको हित हुने गरी परिमार्जन सहित पारित गर्नुपर्ने उनले बताए । जनता विरोधमा सडकमा आएकाले संसोधन सहित पास गर्नुपर्ने पाण्डेले बताए ।
नेपाल गरिब मुलुक नभएको बताउँदै पाण्डेले स्वाधिन अर्थतन्त्र विकासका लागि सिपमुलक तालिम प्रदान गरि युवालाई देश विकासमा लगाउनुपर्ने बताए । जनताको रगत पसिनाले बनाएको एमाले पार्टी क्रान्तिकारी पार्टीको रुपमा विकास हुन नसकेको पाण्डेले आरोप लगाए ।

प्रदेश १ की सांसद तथा विशेष अतिथी खिनु लङ्वा लिम्बुले खड्ग ओलिको अहङ्कार नै पार्टी विभाजनको कारक बनेको आरोप लगाएकी छन् । ओलिले आफ्नो रवैया देखाएर पार्टी कब्जा गर्न खोजेको उन्को भनाइ थियो । लिम्बुले पार्टी अध्यक्षको निरंकुश प्रवृत्तिकै कारण एमाले खरानी भएको समेत बताईन ।

पार्टीका सूर्योदय नगर कमिटि अध्यक्ष तारा नेपालले संगठन विस्तारको काम धमाधम भईरहेको बताउँदै चाँडै वडा,वडासम्मको कमिटि गठन हुने बताए । स्वागत मन्तब्य राख्ने क्रममा बोल्दै उनले, केपी ओलिको तानाशाहा प्रवृत्ति पार्टीमा हावी भएसंगै समाजवादीको यात्रा शुरु भएको बताएका छन् ।

कार्यक्रममा युवा संघ नेपालका संजिव राई,जिल्ला कमिटि सचिवालय सदस्य टेक बहादुर राई,जिल्ला कमिटि उपाध्यक्ष चित्रकला बराईलि,सल्लाहकार लाल बहादुर सुब्बा,जिल्ला कमिटि अध्यक्ष भक्त केसि लगायतले पार्टी फुटेको नभई आफुहरुले विद्रोह गरेको दावी गरेका छन् । नेतृत्वले गुट खडा गरेको आरोप लगाउँदै उनिहरुले एमालेलाई वि सं २०७५ जेठ २ को स्थितिमा फर्काउने अवस्था नबनेपछि अलग्गिन बाध्य भएको बताए ।

नेपाली कांग्रेस तथा नेकपा माओवादि केन्द्रमा लामो समय बिताएका कार्यकर्ताले पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेस गरेका छन् । उनिहरुलाई कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथि तथा विशेष अतिथिले खादा लगाएर सम्मान गर्दै पार्टी प्रवेश गराएका थिए । नवप्रवेसी चन्द्र बहादुर तामाङ्गले स्थानिय सरकारले गरेको कामबाट आफु सन्तुष्ट भएको र विकासप्रेमि नगरप्रमुखको टिमलाई सहयोग गर्न समाजवादीको नयाँ यात्रा आरम्भ गरेको बताएका छन् । नयाँ कुरा सिक्दै र सिकाउँदै अघि बड्ने बताएका उन्ले आफ्ना समकालिन सबै साथिलाई समाजवादीमा आउन आग्रह समेत गरे ।


कार्यक्रमका अध्यक्ष सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सबै वडामा कमिटि लगभग बनिसकेकाले पार्टी मजबुद बन्दै जाने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलिले आफुहरुलाई दास बनाउने काम गरेकाले विद्रोह गरिएको राईले बताए । उन्ले भने,“यो प्रतिगमन विरुद्धको लडाई हो । निरंकुशता र अत्याचार विरुद्धको आन्दोलन हो । सबै मिलेर सामना गरौँ ।” नेकपा एकिकृत समाजवादी बाट मात्र अब मुलुकको आमुल परिवर्तन सम्भब रहेको दाबि गर्दै राईले नगरवासीको पूर्णतया साथ र सहयोग रहने विस्वास ब्यक्त गरेका छन् । सूर्योदयबाट शुरु गरेर जिल्लामै पहिलो पार्टी बनाउने भन्दै राईले अन्य कुनै दलले विकास र समृद्धिको आँट गर्न नसक्ने चेतावनी दिए । नगरबासीको घरघरमा पुगेर समाजवादी के हो भन्ने बारे तत्काल जानकारी गराईने उनको भनाई छ ।

सूर्योदय नगरपालिका वडा नम्बर ९ का अध्यक्ष एवं नगर आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले संचालन गरेको कार्यक्रममा वडा नं ६ का अध्यक्ष शिब बस्नेत,वडा १०का अध्यक्ष पेमा उगेन लामा , ११ का वडाध्यक्ष टेक बहादुर राई, वडा नम्बर १२ का अध्यक्ष डोलेन्द्र भार्दव्ज लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय