श्रीकृष्ण प्रणामी युवा परिषद इलामको ११ औँ अधिबेशन सम्पन्नःनयाँ कार्यसमिति चयन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजकुमार दाहाल,फिक्कलःश्रीकृष्ण प्रणामी युवा परिषद इलामको ११ औँ अधिबेशन शेखर भट्टराईको अध्यक्षतामा २५ सदसीय नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दीर सूर्योदयनगरपालिका १० मा सम्पन्न साधरण सभाले भट्टराईलाई पुन अध्यक्षमा चयन गरेको हो । नव निर्वाचित समितिमा उपाध्यक्षमा सविता पाण्डे , सचिवमा दिपेन्द्र आचार्य , सह सचिवमा महेश कट्टेल , कोषाध्यक्षमा सफल्ता राई , लाई चयन गरेको छ । यस्तै सदस्यहरुमा प्रकाश कट्टेल बिपिन ढकाल किशोर कट्टेल ,उद्धव तिम्सिना, जोगिन सुब्बा , प्रेम कट्टेल , रोशन चाम्लिङ , निमेश दहाल , यादव रिजाल, गोपाल भट्टराई , नवराज गौतम ,दुर्गा बास्तोला , पदम बिलाषी , अरुण आचार्य , चेतन गौतम , गोमा कट्टेल, सुमन पाण्डे , मेलिना चाम्लिङ मिना भट्टराई र गगन अधिकारी रहनु भएको छ ।
परिषद अध्यक्ष भट्टराईको अध्यक्षता श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथीहरु सूर्योदयनगरपालिका ९ का अध्यक्ष तथा आर्थिक विकास समिति सयोंजक देवेन्द्र शर्मा , वडा न ३ का अध्यक्ष होम बहादुर कार्की वडा न १० का अध्यक्ष पेमा उगेन लामा , परिषद पुर्व अध्यक्ष मात्रिका प्याकुरेल ,केन्द्रीय उपाध्यक्ष यज्ञ ढकाल परिषद प्रदेश न १ का अध्यक्ष अनिल ढुङगाना सचिव खगेन्द्र बास्तोलाको उपस्थीति रहेको थियो ।

यस्तै केन्दीय सदस्य कमल कोईराला , पण्डित गोविन्द आचार्य , परिषद सुन्सरी अध्यक्ष पुन्य पौडेल परिषद केन्दीय सहल्लाकार कृष्ण प्रसाद सुबेदी सेवा समितिका उपाध्यक्ष जेवि सुब्बा ,श्रीकृष्ण प्रणामी मन्दीर फिक्कलका सचिव मिलन राई , सामाजसेवी राजकुमार कट्टेल लगायत जिल्ला भरीका २ सय बराबर अग्रज, प्रारम्भिक समितिका पदाधिकारी लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा परिषद इलामले गरेका हाल सम्मको कार्य तथा सस्थागत भावि योजनाबारे परिषद निर्वतमान सचिव राजकुमार दहालले र २ लाख ५९ हजारको आर्थिक प्रतिबेदन परिषद निर्वतमान कोषाध्यक्ष सिद्धिप्रसाद तिम्सिनाले प्रस्तुत गर्नु भएको थियो ।

परिषदले यसअगाडी बिभिन्न मनदीरमा सोलार जडान गरिव बिपन्नलाई कपडा खाद्यन्न वितरण ,बाल प्राथाना बालबालिका लक्षित हाजिरी जवाफ प्रतियोगिता , साकाहारी बनौ अभियान लागुऔषध दुब्र्यशन विरुद्ध अभियान , लगायतका दर्जनौ कार्यहरु गरेको छ भने कोभिडको प्रकोपका कारण पुर्वयोजनाका कार्यहरु गर्न नसकेकोले आगामी बर्ष अझ शसक्तरुपमा अगाडी बढने जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी परिषद केन्द्र्रीय अध्यक्ष नमराज ढकालले इलाम अहिलेका आचार्य धर्मगुरु श्रीकृष्णमणी महाराजको जन्मस्थान गुरुजी श्री १०८ मगंलदास महाराजको भुमि राजनितिक रुपमा पनि अग्रज नेताहरुको भुमि भएकोले इलाम आफैमा बिशेष भएकोले पनि परिषद इलामप्रति देशैभरी चासो रहेको बताउनु भयो ।

कोभिडका बिच पनि परिषद इलामले निक्कै राम्रा कार्य गरेको बताउदै उहाँले आगामी दिनमा अझ जोस जागरका साथ अगाडी बढन आग्रह गर्नु भयो । उहाँले युवा परिषद केवल धार्मिक गतिविधि गर्ने मात्र सस्था नभई यो सामाजिक कार्य गर्ने गैरनाफामुलक सस्थां भएकोले सााजिक कार्यमा पनि उत्तिकै लाग्न सबैमा अपिल गर्नु भयो ।
सूर्योदयनगरपालिका वडा न १० का अध्यक्ष लामाले श्रीकृष्ण प्रणामी युवा परिषद आफैमा एक सेवामुलक सस्था भएकोले केवल आफना धर्म सम्प्रदाय भित्रमात्र सिमिति नभएर तमाम युवा माझ दुब्र्यशन कुलत आत्माहत्या बिरुद्ध जागरण लिएर अगाडी बढन आग्रह गर्दै यस्ता सकरात्मक कार्यमा नगरपालिसकाको सधै साथ रहने बताउनु भयो ।

परिषद प्रदेश न १ का अध्यक्ष ढुङगानाले सेवाभाव र निश्वार्थ सेवा नै युवा परिषदको मुल कर्म मर्म भएकोले युवाहरु निश्वार्थ सेवामा जुटिहरको र आगामी दिनमा पनि जुटने प्रतिबद्धता जनाउदै इलाममा मन्दीरहरु सरक्षंण विकासमा साथ दिन सूर्योदयनगरपालिकालाई पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा नवतधाम काठमाडौँका सञ्चालक सदस्य भुपेन्द्रमान प्रधानले श्रीकृष्ण प्रणामी मन्दीर आरुबोटेलाई एकथान पानीको ठुलो ड्रम प्रदान गर्नु भएको छ श्रीकृष्ण प्रणामी मन्दीर आरुबोटेका अध्यक्ष प्रेम कट्टेल लगायतले मन्तब्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तब्य परिषद उपाध्यक्ष सविता पाण्डेले राख्नु भएको थियो ।

बन्द सत्रका राजकुमार कट्टेल खगेन्द्र बास्तोला , जेवि सुब्बा कृष्ण प्रसाद सुबेदीको निर्वाचन समितिले नया नेतृत्व चयन गरेको हो । परिषद इलामकोे नवनिर्वाचित समितिको पनि आजै पहिलो बैठक बसेको छ बैठकले बिभिन्न निर्णयहरु गरेको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । उहाँले आगामी दिनमा थप शसक्त रुपमा अगाडी बढने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय