इलामका ४८ सडक आयोजना खारेजः११ करोड ५२ लाखको योजना कटौति

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःकेपी ओली सरकारले शुरु गरेका इलामका ४८ सडक आयोजनाहरु गठबन्धन सरकारले कटौति गरेको छ ।

गठबन्धन सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक मार्फत इलामका ४८ सडकको ११ करोड ५२ लाख बराबरको योजना कटौति गरेको हो । ति सडकहरुमा २४ लाखका दरले बजेट विनियोजन गरिएको थियो ।

सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोजनामा परेका थिए । तर अहिलेको सरकारले बजेट नभएको भन्दै आयोजना नै खारेज गरिदिएको छ ।

गठबन्धनको सरकारले मुलुकभरका १४ सय १० वटा सडक निर्माणलाई खारेज गरेको छ ।

एमाले सरकारले सबै ठाउँमा सडकको पहुँच पर्याउने भनेर १४ सय १० वटा सडक आयोजन सुरु गरेको थियो । नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् । प्रतिस्थापन विधेयकबाट नै १४ सय १० वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज भएको हो ।

अर्थमन्त्री शर्माले ल्याएको बजेटमा आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको छ भनेर उल्लेख गरिएको छ ।

अघिल्लो सरकारले १ हजार ४१० वटा सडकको लागि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । १ हजार ४१० वटा सडक आयोजनाका प्रति सडक आयोजना २४ लाख रुपैयाँका दरले बजेट राखिएको थियो । बहुवर्षीया आयोजनामा परेका ती सडकलाई छुट्याइएको बजेट एक वर्षमा खर्च हुने नै त्यो भन्दा बढी नहुने भएकाले त्यसरी विनियोजना भएको दावी मन्त्रालयका अधिकारीहरुको छ ।

गठबन्धन सरकारले खारेज गरेको इलामका सडक आयोजनाहरुः


इलामआवाजबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय