इलामको सूर्योदयमा एमाले निकट बुद्धिजिवि परिषद गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिकामा नेकपा एमाले निकट बुद्धिजिविहरुको भेलाले नगर परिषद गठन गरेको छ । भेलाले देउकुमार दाहाललाई अध्यक्ष चुनेको छ । २९ सदस्यीयपरिषदको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिव भुपाल खड्का रहेका छन् ।

परिषदको सदस्यमा पुर्व जिल्ला शिक्षा अधिकारी अर्जुन अधिकारी, करफोक माविका प्रधानाध्यापक गणेश आचार्य, निजि तथा आवासिय विद्यालय एसोसिएन ९प्याब्सन० प्रदेश अध्यक्ष युवराज बाशिष्ठ लगायत रहेका छन् । त्यसैगरी बंशीधर दाहालको अध्यक्षतामा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष एवम प्रदेश सांसद राम रानाको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष एवम एमाले सचिवालय सदस्य गणेश बराल, इलाम नगरपालिका प्रमुख एवम एमाले जिल्ला सचिव महेश बस्नेत, सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई, एमाले सूर्योदय नगर कमिटि संयोजक सावित्रा शिवा लगायतको विशेष आतिथ्यता रहेको एमाले नेता एवम वडा नं ३ का वडाध्यक्ष होम कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय