नेकपा एकिकृत समाजवादी सूर्योदयको अध्यक्षमा कमल गदालः१८२ सदस्यीय नगर कमिटि गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःनेकपा एकिकृत समाजवादीले कमल गदालको अध्यक्षतामा १८२ सदस्यीय सूर्योदय नगर कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा दिपक कुलुङ, सचिव लता गौतम अधिकारी, सहसचिवद्धय गोपाल काफ्ले र विरबहादुर भुजेल चयन भएका छन् ।

पार्टीको नगर इन्चार्ज तारा नेपालको अध्यक्षतामा भएको भेलामा जिल्ला कमिटि उपाध्यक्ष चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा सूर्योदय नगर प्रमुख एवम पार्टीका सचिवालय सदस्य रणबहादुर राई र अनेरास्ववियू केन्द्रिय महासचिव आरती लामाको विशेष आतिथ्यता रहेको थियो ।

भेलाले सूर्योदय नगरपालिकाको विभिन्न वडाका इन्चार्ज समेत तोकेको छ । वडा नं १ मा दिपेश राई, वडा नं २ मा जिआर खड्का, वडा नं ३ मा लाकेल लामालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । वडा नं ४ मा शरण राई, वडा नं ६ मा छवि तिवारी, वडा नं ९ मा तेजबहादुर राई, वडा नं १० मा अर्जुन सुवेदी वडा नं ११ मा डिल्लीराम आचार्य , वडा नं १२ मा सूर्यकुमारी राई, वडा नं १३ मा मोहन तामाङ र वडा नं १४ मा मदन समाललाई जिम्मेवारी दिइएको छ । पार्टीको अर्को बैठक असोज ९ गते बसेर गतिविधि चलायमान बनाइने गदालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय