एमालेको जिल्ला कमिटी बैठक सम्पन्नःपाटी पंक्तिलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःनेकपा एमाले जिल्ला कमिटीले विभिन्न निर्णय गर्दै जिल्ला कमिटी बैठक सम्पन्न गरेको छ । जिल्ला कमिटी अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर तत्काल वडा भेला गर्ने, रिक्त रहेका क्षेत्रीय कमिटीहरुमा नयाँ सदस्यको पदपूत्र्ति गर्ने, भातृ संगठनका जिल्ला कमिटीहरुलाई अध्यावधिक गर्दै चलायमान बनाउने निर्णय गरेको छ ।

बैठक समापन गर्दै अध्यक्ष रानाले एमाले सम्बद्ध जिल्लाका सबै नेता कार्यकर्ताहरुलाई दशैं अगावै आ–आफ्ना स्थानमा वडा भेलामा लाग्न र पाटी पंक्तिलाई चलायमान बनाउन निर्देशन दिए । रानाले अन्य पाटीबाट एमालेमा आउनेहरुलाई उचित जिम्मेवारी दिएर अघि बढ्ने बताए । ‘हामीबाट फुटेर अर्को पाटीमा जाने साथीहरुलाई पनि हामी सत्रुको व्यवहार गर्दैनौं, एमाले हामी सबैको हो, उहाँहरु पुरानै स्थानमा आउनु हुन्छ भने उहाँहरुलाई पनि उचित व्यवस्थापन सहित र उचित जिम्मेवारी दिएर अगाडि बढ्छौं ।’ रानाले भने ‘सबै साथीहरु सँग त्यस किसिमका छलफल र समन्वयलाई कायम राख्नेछौं । अहिले हाम्रो अत्तालिने बेला छैन, जिल्लामा एमाले शक्ति दहे छ, गाउँ–गाउँ तहमा रहने नेकपा एमालेका सबै अविभावक, शुभचिन्तक एक ढिका भएर बस्नु भएको छ ।’

एमालेले कार्यकर्ता भेटघाट तथा पाटी प्रशिक्षण कार्यक्रमलाई पनि तीब्रता दिने भएको छ । कार्यक्रममा जिल्ला सचिव महेश बस्नेत, उपसचिव उमेश गुरुङ, पूर्व अध्यक्ष मणिकुमार लिम्बु, जिल्ला कमिटी सदस्यहरु नरेन्द्रनाथ भट्टराई, उदयबहादुर राई, ध्रुव श्रेष्ठ, कृष्ण श्रेष्ठ, दुर्गादेवी भट्टराई, शोभा पराजुली, विष्णुमाया रिमाल, प्रदिपचन्द्र राई, प्रकाश अधिकारी, बुद्धि खनाललगायत सचिवालय सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय नवराज शंकरको श्रद्धाञ्जली सभा

नेकपा एमाले जिल्ला कमिटी इलामले आफ्नो कार्यालय सचिवको जिम्मेवारीमा रहेका स्वर्गीय नवराज शंकरको श्रद्धाञ्जली सभा गरेको छ । कोभिड –१९ को संक्रमणका कारण निधन भएका शंकरले पार्टीलाई पु¥याएको योगदान, उनले गर्ने काम र पाटी गतिविधिमा गम्भीर क्षति पुगेको एमालेले ठहर गरेको छ । जिल्ला कमिटी अध्यक्ष रामबहादुर रानाले पाटी संगठनका लागि दिनरात नभनि खटेका शंकरको योगदानको चर्चा गरेका थिए । ‘हरेक भातृ संगठन देखि गाउँ९नगर कमिटी सँग जीवित सम्बन्ध राख्ने नवराजलाई पाटीले कुनै ठाउँमा प्रतिनिधि पठाउँदा कहिले पनि एमालेको प्रतिनिधित्व अपुरो अधुरो भएन ।’
रानाले भने ‘पाटीबाट वक्तव्य जारी गर्न होस अथवा कुनै समस्या आउँदा होस त्यसलाई सामान्य रुपमै समाधान दिनसक्ने क्षमता उनीमा थियो । अहिले पाटीलाई उनको निधनले अपूरणीय क्षति भएको छ ।’ शंकरको योगदान र सम्झनालाई कुनै न कुनै किसिमले सम्झन एमालेले ठोस काम गर्ने रानाले बताए ।
परिवारको तर्फबाट जिल्ला कमिटी सदस्य देवेन्द्र विश्वकर्माले नवराजको निधनले उनको सम्पूर्ण परिवार, दलित समुदाय र सिङ्गो जिल्लालाई क्षति पुगेको बताए ।fromilamaawaj.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय