सामुदायीक बिद्यालयप्रति आर्कषण बढ्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रोङःचुस्त ब्यवस्थापन र शिक्षकहरुको मेहनतको कारण सामुदायीक बिद्यालयहरुमा अभिभावक र बिद्याथीहरुको आर्कषण बढ्न थालेको छ ।
सरकारी बिद्यालयमा स्तरीय शिक्षा हुदैन भन्ने छाप बोकेर निजी बिद्यालय तिर आर्कषण बढी रहेको बेला रोङ ६ रम्ध्ङ्गमा रहेको सरस्वती माध्यामिक बिद्यालयमा निजी बिद्यालय छाडेर बिद्याथीहरुको संख्या ह्वात्तै बढेकोले बिद्यालयले अभिभावकहरुका मन जितेको हो ।

गत बर्ष १ सय चालिसको हाराहारीमा रहेको बिद्यार्थी संख्या बढेर यसबर्ष एकसय ८६ पुगेको र भर्ना भएका नया अधिकांस बिद्याथीहरु निजी स्कुललाइ छाडेर आएको कारण बिद्यालयले अभिभावकहरुको मन जित्दै गएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ्ग राइले बताए ।
बिद्यालयमा बर्षैनी बिद्याथी संख्या घट्दै जान थालेपछि बिद्यालयप्रति अभिभावकहरुको रुची घट्दै गएको महसुस गरे्को बिद्यालयले गत बर्षबाट नै सुधारको प्रयास थालेको थियो । भौतिक संरचनाको मर्मत गदै बालमैत्री संरचनाहरुको निमार्ण , सिक्षण सिकाइलाइ प्रभावकारी बनाउन अतिरिक्त अंग्रजी बिषयहरुको थप, अतिरिक्त क्रियाकलापमा जोड, बालमैत्री खेलसामाग्री, सिकाइमा नबिनतम् प्रबिधिको प्रयोग, नियमित कक्षा संचालन र बालबालिकाहरुको हेरचाहमा जोड जस्ता सामान्य प्रयासहरु नै बिद्यालय सुधारको शुरुआत भइरहदा निजी बिद्यालयमा भन्दा राम्रो देखीएको कारण अभिभावकहरुको मन जित्दै गएको बिद्यालयका प्रधानाध्यापक गोबिन्द पौडेलले बताए ।
यसो त कोभिड प्रकोपको कारण जिल्लाकै कतिपय बिद्यालयहरु हलसम्म नखुलेको र झोडीले छोपेको जस्ता समाचारहरु आइरहँदा यस सरस्वती माबिमा भने पूर्णरुपमा कहिले पनि बन्द भएन ।

शिक्षण सिकाइका कामहरु हुन नसकेपनि बिद्यालय सेवा क्षेत्रको संरक्षण, प्रसासनिक कार्यहरु , बिद्यालय सुधार योजना निमार्ण , बिद्यालय परिसर सरसफाइ हुनुको साथै बिद्यालयमा शिक्षकहरुको लागि आधारभुत कम्प्युटर तालिम संचालन गरिएको थियो ।

कोरोना भाइरसले बिद्यालयका शिक्षक र बिद्यार्थीहरुमा प्रभाव पारे पनि शिक्षक तथा कर्मचारीहरु जम्मा भएर सामाजिक तथा भौतीक दुरी कायम गरि बिद्यालयको काम गरिएको थियो ।

बिद्यालयको नियमित गर्नुपर्ने कामहरु सकेपछि अप्रत्यक्ष सिकाइ सहजीकरणमा लाग्द परिस्थीती सहज बनेर माथिल्लो निकायबाट बिद्यालय खुलाउने निर्देश हुनसाथ औपचारीक बिद्यालय खोल्ने अवस्थामा रहेकोमा गाउपालिकोले गत भाद्र २३ गते सुचना प्रकासीत गरेको भोलिपल्ट २४ बाट नै नियमित रुपमा प्रत्यक्ष सिक्षण सिकाइ हुन थालेको बिद्यालयले जनाएको छ ।

बिद्यालयमा पयाप्त खानेपानी र घेरावाराको अभाव रहेको छ । बिद्यार्थीको बढ्दो चाप अनुसार फर्निचर र कक्षा कोठाको अभाव देखिएको छ । मौजुदा अवस्थालाइ परिचालन गरि सकेसम्मको सुधार गर्दै लैजाने र आएका वालबालिकारुलाइ प्रभावकारी रुपमा सिकाउन र टिकाउन सके अभिभावकहरुको मन जित्न सकिने भएकोले‘ आगामी दिनमा बिद्यालय यहि अभियानमा लागेको बताईएको छ । यसका लागि शिक्षक बिद्यार्थी अभिभावक र सरोकारवलाहरुसंग समन्व गरेर जाने बिद्यालयको अभियान निरन्तर रहने प्रअ पौडेलको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय