कांग्रेसको १४ औं महाधिबेशनबाट नेतृत्व हत्याउन इलाम क्षेत्र नम्बर १ का चार प्रतिस्पर्धी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःनेपाली कांग्रेसको १४ औं महाधिबेशनको पूर्व सन्ध्यामा इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा चार जनाको प्रतिस्पर्धा हुने भएको छ । इलाम क्षेत्र नम्बर एकमा क्षेत्रीय सभापतिका लागि लड्नेमा अहिलेका वर्तमान सभापति दुर्गा बराल, रोङ गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस नेता शम्शेर राई, सूर्योदय नगरपालिका निवासी भिष्म प्रधान र मिलन क्षेत्री रहेका छन् ।

राजनीति र सामाजिक काममा निरन्तर रुपमा सक्रिय रहेका नेपाली कांग्रेसका नेता दुर्गा बराल नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यको सर्मथनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफु बिजयी भएमा नेपाली काग्रेसलाई सबैको साझा बनाउने लक्ष्य लिएका छन् ।

लामो समय देखि नेपाली कांग्रेसको क्रियासिल सदस्य रहि पार्टीलाई योगदान गर्दै आएका बराल फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हुन् । वर्तमान क्षेत्रीय सभापति समेत रहेका नेता बराल, नेपाली काग्रेसको जिल्ला सह– सचिव भई काम गरिसकेका छन् । उनी २०७४ को निर्वाचनमा प्रदेश सभाको निर्वाचन इलाम क्षेत्र नम्बर १ प्रदेश ९ख० मा नेपाली काग्रेसको उम्मेदवार भएका थिए । बरालले आफु क्षेत्रीय सभापति बनेमा कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेसको १४ औं महाधिबेसनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा लड्ने शम्शेर राई रोङ गाउँपालिकाका अध्यक्ष हुन् । काग्रेसका युवानेता शम्शेर राईले उम्मेदवारी घोषणा गरि अहिले कांग्रेस कार्यकर्तालाई फकाउन व्यस्त छन् । नेपाली कांग्रेसलाई निति ,सिद्धान्त र सबैको साझा बनाउने लक्ष्य लिएका राईले इलामका जिल्ला सभापतिका आकाक्षि भेषराज आचार्यको सर्मथनमा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । राईले नेबिसंघबाट राजनीति शुरु गरेर लामो समयसम्म शिक्षक संघमा रहेर पार्टीको काम गरेका थिए । उनी नेपाली कांग्रेसको जिल्ला सदस्य पनि हुन् ।

क्षेत्रीय सभापति बनेमा कांग्रेसलाई सिस्टममा अघि बढाउने राईले प्रतिवद्धता जनाएका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिका आकाँक्षी काग्रेसका नेता भीष्म प्रधान जिल्ला सभापतिका आकाँक्षी डम्बर खड्काको समर्थनमा आफनो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसलाई निति ,सिद्धान्त र सबैको साझा बनाउने लक्ष्यका साथ आफ्ले उमेद्धवारी घोषणा गरेको प्रधानको भनाइ छ । प्रधान नेपाली कांग्रेसको क्रियासिल सदस्य हुन् । पूर्व क्षेत्रीय सभापति समेत रहेका नेता प्रधान,आमन्त्रित जिल्ला सदस्य रहेका छन् ।

क्षेत्रीय सभापतिको उमेद्धवारी घोषणा गरेका मिलन क्षेत्री इलामको सूर्योदय नगरपालिका २ निवासी कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । क्षेत्रीय सभापतीमा उमेद्धवार दिएका क्षेत्रीले आफु फेरी अर्को अधिवेशनमा पुनः नउठ्ने प्रतिवद्धता जनाएका छन् । वौद्धिक र सामाजिक व्यक्तित्व क्षेत्रीले इलामका पूर्व सभापति केशव थापाको समर्थनमा उत्रिएका हुन् । कांग्रेसको क्षेत्रीय नेतृत्व छान्न स्थानीय तहका प्रमुख, वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मतदान गर्नुपर्नेछ । स्थानियसन्देस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय