राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुल्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ ९बजेट० प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो । यो विधयेक प्रमाणीकरण भएसँगै बजेट सटडाउनमा रहेको सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गतेसम्म बजेट अध्यादेश पारित भइसक्नुपर्नेमा पारित हुन नसकेपछि त्यसयता सरकार बजेटबिहीन बनेको थियो ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक पारित हुन समय लागेपछि सरकार बजेटबिहीनको अवस्थामा पुगेको थियो ।

बजेटको मुल विधेयक प्रमाणीकण भए पनि बजेटसम्बन्धी थप दुई विधयेक भने बिहीबारमात्र प्रतिनिधिसभाबाट पारित भएका छन् । अब ती दुबै विधेयक शुक्रबार राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची छ ।खबरहबबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय