
नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनबाट इलामका १० पालिकामा नयाँ नेतृत्व निर्वाचित भएका छन् । सनिबार सम्पन्न महाधिवेसनबाट इलामका स्थानिय तहमा निर्वाचित पदाधीकारी को को छन?
सूर्योदयमा जीवनकुमार १०७ मत ल्याउँदै निर्वाचित
सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले १०७ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी मणिकुमार गुरुङ ७९ र सोनाम छिरिङ काजी ६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी भएका छन् । सचिवमा अनुप राई र सुशील ढुङ्गेल विजयी भएका छन् ।



नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग
नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छन् । नगर उपसभापतिमा सुशीला सापकोटाले १४६ र उर्मिला निरौलाले १२१ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा विरेन्द्र कार्कीले १६७ र निराजन भट्टराई १६० मत प्राप्त गर्दै विजयी भए । सहचिवमा प्रज्वल घिमिरेले २०७ र विरेन्द्र राईले १७७ मत प्राप्त गरेर विजयी भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेस माई नगर सभापतिमा हेमबहादुर लिम्बु
नेपाली कांग्रेसको माई नगर सभापतिमा हेम बहादुर लिम्बु विजयी भएका छन। लिम्बले निकटतम प्रतिद्वन्द्वी ठगिन्द्र गिरीलाई २५ मतले उछिन्दै विजयी भएका हुन। लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले । ६३ मत प्राप्त गरेका छन । उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।
दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले १ सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् । त्यस्तै दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्ले ९अर्जुन० विजयी भएका छन्।
सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी धन बहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याए । माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गरेका छन्। सह सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गरिन् । कुल १ सय ६७ जनाले मतदान गरेका थिए ।
देउमाई कांग्रेसमा दिलिप कार्की विजयी
देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष श्रेष्ठ काङ्ग्रेस सभापतिमा पराजित, थापा निर्वाचित
इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजीत भएका छन् । ६४ मत सहित पालिका सभापतिमा डिक बहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए । कांग्रेसको शनिबार सम्पन्न पालिका स्तरको महाधिवेशनमा ५७ मत सहित टेक विर लिम्बु दोस्रो भए । कांग्रेसको उपसभापतिमा कृतिराज आले र देउमान दलामी निर्वाचित भए । सचविमा चन्द्र बहादुर बोहोरा र देवी थापा निर्वाचित भए ।
माइजोगमाई कांग्रेस सभापतिमा नरेन्द्रको जीत
माइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् ।
सन्दकपुर कांग्रेस सभापतिमा तुलाराम गुरुङ, धनबहादुर र बालकृष्ण पराजीत
नेपाली कांग्रेसको सन्दकपुर गाउँपालिका सभापतिमा तुलराम गुरुङ्ग निर्वाचित भएका छन् । गुरुङ्गले ३८ मत पाएका थिए भने धनबहादुर खाम्दाकले ३३ मत प्राप्त गरेका थिए भने बालकृष्ण गुरुङ्गले २१ मत प्राप्त गरेका छन् ।
रोङको कांग्रेस सभापतिमा हरि बुढाथोकी, २० मतले स्याङ्बो पराजीत
नेपाली कांग्रेस रोङ गाउँपालिकाको सभापतिमा हरि बुढाथोकी निर्वाचित भएका छन् । सुवास स्याङबोलाई हराउँदै बुडाथोकी सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले ६२ मत प्राप्त गर्दा स्याङबोले ४२ मत पाएका थिए । रोङमा सभापति पदका लागि मात्रै निर्वाचन भएको हो । अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा खेमराज कार्की, गीता प्रसाद अधिकारी, सचिवमा केशर प्रधान, वेनुपराज खालिङ्ग चयन भएका छन् । त्यस्तैै सहसचिवमा भविन विश्वकर्मा र सुरेश कुमार राई चयन भएका छन् ।
नेपाली कांग्रेस चुलाचुली गाउँपालिका सभापतिमा राजेन्द्र केरुङ सर्वसम्मत चयन
नेपाली कांग्रेस चुलाचुली गाउँपालिका सभापतिमा राजेन्द्र केरुङ सर्वसम्मत चयन भएका छन । सर्वसम्मत रुपमा सभापति चयन भएको चुलाचुली मात्र हो । अन्य नौवटा पालिकामा मतदान भएको छ । चुलाचुलीमा सर्वसम्मत रुपमा उप सभापतिमा धर्म ढुंगाना र लक्षुमन पौडेल चयन भएका छन् ।यस्तै सचिवमा राम गिरी र बविन राई चयन भएका छन । अन्य सबै पदमा सर्वसम्मत पदाधिकारी चयन गरिएको काग्रेस नेता नरबहादुर लावतीले जानकारी दिनु भयो ।
नेपाली कांग्रेस माङ्सेबुङ गाउँपालिकाको सभापतिमामा चन्द्रकुमार साम्वा
नेपाली कांग्रेस माङ्सेबुङको गाउँपालिका सभापतिमा चन्द्रकुमार साम्बा निर्वाचित भएका छन् । निर्वाचित साम्बाले ६२ मत प्राप्त गरे भने उनका प्रत्यासी अम्बर कुमार राईले ४४ मत प्राप्त गरे ।
उपसभापतिमा रनमान थेवेले ५४ मत प्राप्त गरे, यलम्बर साम्बाले ५८ मत प्राप्त गर्दै दुबैजना बिजयी बने । सचिवमा सुमन खनाल र धड्कन सम्बाहाम्फे निर्वाचित भएका छन् । सहसचिवमा नरेन्द्र तामाङ र कृष्ण बुढाथोकी निर्वाचित भएका छन् ।