चन्द्रकान्त पौडेल,नयाँबजारःछिमेक लघुबित्त बित्तिय संस्था जोगमाइ शाखाको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालय माइजोगमाइ २ जोगमाइ का गरिब तथा जेहेन्दार विद्यार्थीलाई ६३ हजार ६ सय बराबरको शैक्षिक सामग्री बितरण गरिएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक टेक बहादुर भन्डारिको अध्यक्षतामा सम्पन्न कार्यक्रम छिमेक लघुबित्त बित्तिय सस्था तिनघरेका प्रमुख लक्ष्मण कार्किको प्रमुख आतिथ्यता तथा जोगमाइ शाखाका कार्यलय सहायक सरस्वती ढुङ्गेलको बिशेष आतिथ्यतामा रहेको थियो । कार्यक्रममा विद्यालयका १२ जना विद्यार्थीलाई विद्यालय पोसाक ब्याग लगायत सामाग्री बितरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लक्ष्मण कार्किले नमुना जोगमाइ बनाउने र शिक्षा क्षेत्रमा सहयोग गर्दै जाने बताउनुभयो । विद्यालयका निमित्त प्रधानाध्यापक टेक बहादुर भन्डारिले यस्ता सहयोग फेरि फेरि पनि गर्न आग्रह गर्नुभएको छ । विद्यालयका शिक्षक विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा शिक्षक यादव खतिवडाले स्वागत मन्तब्य राख्नु भएको थियो भने शिक्षक खड्ग बहादुर थापाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
ज्ञानोदय मा.विका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री
२०७८ आश्विन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd